एजेन्सी ।
भारतको आन्ध्र प्रदेशस्थित अनकापल्ले जिल्लाको एसईजेड क्षेत्रमा रहेको एसेन्सिया एडभान्स साइन्स प्रालिमा बुधबार रिएक्टर विस्फोट हुँदा भवनको एक भाग ध्वस्त भएको छ । आन्ध्र प्रदेशका उपमुख्यमन्त्री पवन कल्याणले आफ्नो शोक सन्देशमा यस विस्फोटमा मृत्यु हुनेको संख्या १६ पुगेको बताएका छन् ।
यसअघि अनकापल्लेका जिल्ला कलेक्टर विजय कृष्णनले बीबीसी तेलुगुसँग कुरा गर्दै १५ जनाको मृत्यु भएको पुष्टि गरेका थिए । यस दुर्घटनामा ठूलो संख्यामा मानिसहरू घाइते समेत भएका छन् । दुर्घटनाको अवस्था हेर्दा मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।