Breaking 
विदेह नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र साहलाई सुरक्षा धम्की, ४ दिनदेखि कार्यालय जानबाट बञ्चित | नयाँ दिल्ली रेलवे स्टेसनमा १८ जनाको ज्यान जानेगरी भएको भागदौडपछिका तस्बिरहरु | पोखरामा भएको बेलुन विस्फोट घटना अनुसन्धान गर्न ८ सदस्यीय छानवीन समिति गठन | फागुन ११ अगाडी अध्यादेशहरु संसदमा पेश नगरिने लगभग निश्चित | सत्ता पक्षका सचेतकहरुको बैठकमा जसपा नेपाल किन अनुपस्थित भयो ? | स्टार बलरहरुबिना च्याम्पियन्स ट्रफी, चोटले परेशान भारतीय र अष्ट्रेलियन टोली | झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला | सुनको मूल्य २ हजार ७ सयले घट्यो | निजामती र शिक्षा विधेयक अगाडि बढाउने सत्तारुढ दलको निर्णय | बाराको सुधारकेन्द्र अनुशासनिक कारबाही अस्वीकार गरेपछि भएको कुटपीटमा परेर मण्डलको मृत्यु भएको खुलासा |

प्रहरी समायोजन तथा प्रदेश प्रहरी चाँडै गठन हुन्छः गृहमन्त्री लेखक





जनकपुरधाम ।
गृहमन्त्री रमेश लेखकले प्रहरी समायोजन प्रकृया तथा प्रदेश प्रहरी गठन प्रकृया अगाडी बढाई सकिएको बताएका छन ।
बिहिबार बिहान जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुसंग कुराकानी गर्दै गृहमन्त्री लेखकले प्रहरी समायोजन तथा प्रदेश प्रहरी गठन प्रकृया अगाडी बढाई सकिएको र चाँडै प्रहरी समायोजन ऐन संसदमा प्रवेश पाउने जानकारी दिए । उनले नेपाल प्रहरी ऐन २०१२ मा आवश्यक संशोधन गर्ने, परिमार्जन गर्ने वा कानुनै नयाँ बनाउने गरी गृहमन्त्रालयबाट प्रक्रिया अगाडी बढाइएको र सो फाइल अर्थ मन्त्रालयमा रहेको बताए । विभिन्न मन्त्रालयबाट सहमति पाई सकेपछि प्रहरी समायोजन ऐन संसदमा प्रवेश पाउने गृहमन्त्री लेखकले जानकारी दिए । उनले वर्तमान सरकारले मुलुकमा शान्ति, सुव्यवस्था र विधिको शासन कायम गर्नका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको दावी गरे । ‘यो सरकार डेलिभरी दिनका लागि बनेको हो, डेलिभरी हुन्छ, मुलुकमा शान्ति, सुव्यवस्था, विधिको शासन कायम हुन्छ,’ उनले भने ।