Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

प्रहरी समायोजन तथा प्रदेश प्रहरी चाँडै गठन हुन्छः गृहमन्त्री लेखक





जनकपुरधाम ।
गृहमन्त्री रमेश लेखकले प्रहरी समायोजन प्रकृया तथा प्रदेश प्रहरी गठन प्रकृया अगाडी बढाई सकिएको बताएका छन ।
बिहिबार बिहान जनकपुरधाम विमानस्थलमा संचारकर्मीहरुसंग कुराकानी गर्दै गृहमन्त्री लेखकले प्रहरी समायोजन तथा प्रदेश प्रहरी गठन प्रकृया अगाडी बढाई सकिएको र चाँडै प्रहरी समायोजन ऐन संसदमा प्रवेश पाउने जानकारी दिए । उनले नेपाल प्रहरी ऐन २०१२ मा आवश्यक संशोधन गर्ने, परिमार्जन गर्ने वा कानुनै नयाँ बनाउने गरी गृहमन्त्रालयबाट प्रक्रिया अगाडी बढाइएको र सो फाइल अर्थ मन्त्रालयमा रहेको बताए । विभिन्न मन्त्रालयबाट सहमति पाई सकेपछि प्रहरी समायोजन ऐन संसदमा प्रवेश पाउने गृहमन्त्री लेखकले जानकारी दिए । उनले वर्तमान सरकारले मुलुकमा शान्ति, सुव्यवस्था र विधिको शासन कायम गर्नका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको दावी गरे । ‘यो सरकार डेलिभरी दिनका लागि बनेको हो, डेलिभरी हुन्छ, मुलुकमा शान्ति, सुव्यवस्था, विधिको शासन कायम हुन्छ,’ उनले भने ।