Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सय दिन भित्र गर्ने कामको विवरण सार्वजनिक गर्ने सरकारको तयारी





काठमाडौँ ।
केपी शर्मा ओली नेतृत्वको सरकारले १०० दिनभित्र गर्ने कामको विवरण सार्वजनिक गर्ने तयारी गरेको छ ।
सबै मन्त्रालयहरुले आफू र आफू मातहतका निकायबाट १०० दिनभित्र गर्ने कामका योजना बनाएका छन् । ती योजनालाई सार्वजनिक गर्ने तयारी गरिएको हो ।
‘सय दिनमा के–के काम गर्दैैछौं भन्ने छिट्टै बाहिर ल्याइँदैछ’, मुख्यसचिव लीलादेवी गड्तौलाले भनिन् । नेपाल उद्योग परिसंघले बुधबार काठमाडौंमा गरेको कार्यक्रममा मुख्यसचिव गड्तौलाले सरकारले सय दिनमा गर्ने कामहरुको योजना छिट्टै सार्वजनिक गर्ने तयारी भएको जानकारी दिइन् ।
गत वर्षभन्दा यो वर्ष सरकारले बजेट कार्यक्रम कार्यान्वयनमा बढी सफलता पाउने र बजेट खर्च पनि बढ्ने उनको दाबी छ । मुख्यसचिव गडतौलाले आफ्नो जिम्मेवारी पूरा गर्न कर्मचारीहरुलाई निर्देशन समेत दिइन् । उनले जिम्मेवार निकायमा बस्नेहरुले बोल्ने भन्दा पनि काम गरेर परिणाम देखाउन केन्द्रित हुनुपर्ने समेत बताइन् । मुख्यसचिव गड्तौलाले आफ्नो काम नगर्ने र अरुको काममा वुद्धि छाँट्ने काम नगर्न समेत सचेत गराइन् ।