Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जउवा संघको निर्वाचनलाई लिएर उम्मेदवारहरु प्रचार प्रसारमा व्यस्त, कस–कसले गरे उम्मेदवारी घोषणा ?





सुजीतकुमार झा
जनकपुरधाम ।

जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचन नजिकिदै जाँदा विभिन्न व्यक्तिले उम्मेदवारीको घोषणा गरिरहेका छन् । संघको विभिन्न पदमा दर्जनो उम्मेदवारले उम्मेदवारी घोषणा गरि सकेका छन् ।
अध्यक्ष पदमा जितेन्द्रप्रसाद साह, मनिषरमण साह र सुरेन्द्र भण्डारीले उम्मेदवारी घोषणा गरेका छन् । जितेन्द्र संघमा यसअघि वरिष्ठ उपाध्यक्ष रहिसकेका छन् । मनिष वर्तमानमा वरिष्ठ उपाध्यक्ष हुन् भने सुरेन्द्र पूर्व उपाध्यक्ष हुन् । व्यापारीको चुनावका जानकारहरुका अनुसार अध्यक्षमा तीनैजना बीच कड़ा प्रतिष्पर्धा हुने सम्भावना छ । यसलाई ध्यानमा राख्दै तीनै उम्मेदवार घरदैलो अभियान तीव्र बनाएका छन् ।
४ हजार भन्दा बढी मतदाता रहेको संघको वरिष्ठ उपाध्यक्षका लागि मनोज साह, अम्बुप्रसाद साह र विकास चौधरीको नाउँ चर्चामा रहेको छ । चौधरी पूर्व उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई स्वागत गर्न जनकपुरधाम एयरपोर्टमा बुधवार पुगेका थिए । सो स्वागत कार्यक्रमलाई चुनाव प्रचारकै रुपमा देखिएको छ । संघको चुनावमा विभिन्न दलका नेताहरुको पनि चासो रहने गरेको छ ।
उपाध्यक्ष पदमा लक्ष्मण साहको नाउँ रहेको छ भने अर्का उम्मेदवारको नाउँ अहिले त्यति चर्चामा नरहेको जानकारहरु बताउँछन् । महासचिवमा फुलदेव पण्डित, सुधीर पंजियार, अशोक चौधरी र गणेश साह, सचिवमा श्रवणकुमार साह, निरज साह, गोपी साह चन्दनको नाउँ चर्चामा रहेको छ । सचिवमा केही अन्य व्यक्तिले पनि उम्मेदवारी घोषणा गरेका छन् ।
यसैगरी कोषाध्यक्षपदमा परमेश्वर साह, मनोज शर्मा, राकेश साह, रामचन्द्र पंजियार र राकेश पंजियारले पनि उम्मेदवारी घोषणा गरेका छन् । यसबाहेक पनि विभिन्न पदमा केही व्यक्तिले उम्मेदवारी घोषणा गरेका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य संघको गत चुनावमा धनुषा जिल्लाभरिका मतदाता रहेका थिए । तर नेपाल उद्योग वाणिज्य महासंघले हरेक नगरपालिकामा उद्योग वाणिज्य संघ गठन गर्न सकिने प्रावधान ल्याएपछि यस पटक जनकपुरधाम उपमहानगरपालिकाका उद्योगी, व्यवसायीहरु मात्र सदस्य छन् । सदस्यता नवीकरण र नयाँ सदस्यता बनाउन प्रत्याशीहरुले ठूलो लगानी गरेको बताइन्छ ।
जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि भदौँ २९ गते मतदान हुने तालिका छ । जउवा संघले निर्वाचन गराउन पूर्वअध्यक्ष ललितकुमार साहको संयोजकत्वमा एउटा कमिटी पनि बनाएको छ ।