Breaking 
उपसमितिले समितिमा पेस गर्‍यो विद्यालय शिक्षा विधेयकको प्रतिवेदन | सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री नियुक्त | मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर |

सैनिक, प्रहरी र सीमा क्षेत्रका बासिन्दालाई डेटिङ एप नचलाउन रुसको आह्वान





एजेन्सी ।
रुसी अधिकारीहरूले सीमा क्षेत्रका बासिन्दालाई डेटिङ एप नचलाउन र सामाजिक सञ्जाल कम प्रयोग गर्न आह्वान गरेका छन् । युक्रेनी सेनाले तिनको माध्यमबाट गुप्तचर सूचना संकलन गरेको रुसी अधिकारीहरूको भनाइ छ ।
रुसी गृहमन्त्रीले मंगलबार एक अपिल जारी गर्दै ब्रियान्स्क, कुर्स्क र बेल्गोरोदका बासिन्दालाई यस्तो आग्रह गरेको हो । त्यस्तै सो क्षेत्रमा खटिएका सैनिक र प्रहरीलाई पनि अनलाइन डेटिङ सेवा प्रयोग नगर्न तथा संवेदनशील स्थानको भिडिओ स्ट्रिम नगर्न आह्वान गरिएको छ । ‘शत्रुहरूले त्यस्ता स्रोत प्रयोग गरेर सूचना संकलन गर्छन्,’ सो मन्त्रालयले भनेको छ ।
कुर्स्क क्षेत्रमा युक्रेनी सेनाको आक्रमण जारी रहँदा गृह मन्त्रालयले मानिसहरूलाई विभिन्न सुझाव दिएको छ । जसमा मेसेजमा आएका लिंक नखोल्न, सैन्य वाहन रहेको सडकबाट भिडिओ पोस्ट नगर्न भनिएको छ । सेना र प्रहरीलाई सामाजिक सञ्जालमा स्थान नखुलाउन पनि निर्देशन दिइएको छ ।
अचानक युक्रेनी सेना कुर्स्क क्षेत्रमा घुसेपछि रुस तिनलाई लखेट्न संघर्ष गरिरहेको छ । सीमाबाट आफूहरू ३५ किमि भित्रसम्म पुगेको र ९३ वटा बस्ती कब्जा गरेको युक्रेनी सेनाको दाबी छ । कुर्स्कका करिब सवा लाख बासिन्दालाई स्थानान्तरण गरिएको छ ।