जनकपुरधाम ।
सशस्त्र प्रहरी धनुषाले विभिन्न स्थानबाट १९ लाख मूल्य बराबरको अबैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी बला धनुषा नेपाल नम्बर ८ गण हेडक्वार्टर तथा मातहतको बेश तथा बिओपीबाट खटिएका गस्ती टोलीहरुले विभिन्न स्थानमा चेकजाँच गरी १९लाख मूल्य बराबरको अबैध सामान बररामद गरेको हो । बरामद गरिएको सामानमा लत्ता कपडा तथा किराना सामानहरु रहेको सशस्त्र प्रहरी बला धनुषा नेपाल नम्बर ८ गणका सशस्त्र प्रहरी उपरीक्षक दर्शन गिरीले जानकारी दिए ।
अबैध सामान ओसारपोसार गर्नका लागि प्रयोग गरिएका १ वटा अटो तथा ६ वटा मोटरसाइकल समेत बरामद गरिएको उनले जानकारी दिए ।