Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

आमरण अनशनमा प्रदेशसभा सदस्य यादवको ऐक्यबद्धता





जनकपुरधाम ।
मधेश प्रदेशका प्रदेशसभा सदस्य रामअशिष यादवले नयाँ कमला पुल निर्माणको माग गर्दै थालिएको आमरण अनशनमा ऐक्यवद्धता जनाएका छन् ।
कमला पुल निर्माण संघर्ष समितिका संयोजक प्रविण यादवको अगुवाईमा शुरु गरिएको आमरण अनशनको प्रदेशसभा सदस्य यादवले ऐक्यवद्धता जनाएका हुन् । प्रदेश सरकाररले युवाहरुको मागलाई बेवास्ता गर्नु उचित नरहेको भन्दै उनीहरुको माग सम्बोधन गर्न माग गर्दै उनले अनशन स्थलमै पुगेर ऐक्यवद्धता जनाएका हुन् । आन्दोलनकै बलमा जन्मेको दल जनमत पार्टीको नेतृत्वमा मधेस सरकार भएपनि आन्दोलनकारी युवाहरुको मागप्रति बेवास्ता देखाउनु निन्दनीय रहेको उनले बताए ।
कमला नदिमा ४ वर्ष अगाडी भासिएका पुलको मरम्मत कार्यमा ढिलाई भएपछि सिरहाका युवाहरु नयाँ पुल निर्माणको माग गर्दै आन्दोलित भएका हुन् ।