Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

वीरगन्ज भन्सार कार्यालयको राजश्व लक्ष्य २७ अर्ब घटाइयो





वीरगन्ज ।
वीरगन्ज भन्सार कार्यालयले दुई वर्षदेखि लक्ष्यअनुसारको राजस्व संकलन गर्न असफल भएसँगै भन्सार विभागले राजस्व संकलनको लक्ष्य घटाइदिएको छ । भन्सार विभागले वीरगन्ज भन्सार कार्यालयलाई राजस्व संकलनको महत्वाकांक्षी लक्ष्य दिए पनि कार्यालयले लक्ष्यअनुसारको राजस्व भेट्टाउन सकिरहेको थिएन ।
विभागले आर्थिक वर्ष २०८०/८१ को तुलनामा चालू आर्थिक वर्ष २०८१/८२ मा राजस्व संकलन गर्ने लक्ष्य २६ अर्ब ९२ करोड ८६ लाख ७२ हजारले घटाइदिएको हो । विभागले वीरगन्ज भन्सार कार्यालयलाई आव २०८०/८१ मा दुई खर्ब ४५ अर्ब ८८ करोड ५० लाख ८२ हजार राजस्व संकलनको लक्ष्य निर्धारण गरेको थियो । तर, कार्यालयले गत आवमा मुस्किलले एक खर्ब ५७ अर्ब ४० करोड ३१ लाख २८ हजार राजस्व संकलन गरेको थियो । विगतका वर्षमा लक्ष्य र संकलनबीच ठूलो अन्तर देखिएसँगै चालू आवमा राजस्व संकलनको लक्ष्य घटाइएको हो ।
नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य सुबोधकुमार गुप्ताले भन्सार विभागले भन्सार कार्यालयलाई समयसापेक्षभन्दा पनि महत्वाकाङ्क्षी लक्ष्य दिने परिपाटीको कारणले पनि लक्ष्यअनुसारको राजस्व संकलन नभएको बताए ।