काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पूर्व महामन्त्री डा मुकुल ढकाललाई पार्टीबाट निष्कासनअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
बुधबार पार्टी कार्यालय वनस्थलीमा बसेको केन्द्रीय समिति बैठकले उनलाई अनुशासन आयोगमार्फत अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उनलाई साधारण सदस्यबाट निष्कासनअघि ‘किन नगर्ने भनेर अन्तिम पटक स्पष्टीकरण सोध्ने’ निर्णय भएको एक नेताले बताए । यसअघि रास्वपाले उनलाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको थियो । तर, उनको साधारण सदस्य भने कायमै थियो । पार्टीले पदबाट हटाएपछि उनले निरन्तर सभापति रवि लामिछानेविरुद्ध अभिव्यक्ति दिँदै आएका छन् ।