Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

विदेशको सडकमा ज्यान गुमाउँदै नेपाली श्रमिक





काठमाडौँ ।
नेपालका युवाहरु आफ्नो सुनौलो भविष्य कोर्ने उद्देश्यले ठूलै संख्यामा वैदेशिक रोजगारीमा गईरहेका छन् । यसले मुलुकको अर्थतन्त्रलाई पनि केही हदसम्म सम्हालेको छ । तर वर्षेणी नेपाली युवाहरु विदेशमा ज्यान गुमाई रहेको पीडा समेत छ ।
वैदेशिक रोजगारीमा पुगेका नेपाली श्रमिकले विभिन्न कारणले ज्यान गुमाउँदै आइरहेका छन् । वार्षिक १ हजार र दैनिक चार जना श्रमिकले परदेशमा ज्यान गुमाउने गरेको सरकारी तथ्यांक छ । श्रमिकले ज्यान गुमाउने विभिन्न कारणमध्ये सडक दुर्घटना तेस्रो कारक मानिन्छ ।
बोर्डकै तथ्यांकका अनुसार पछिल्लो १० वर्षमा वैदेशिक रोजगारीमा पुगेका १० हजार ८ सय श्रमिकको मृत्यु भएको छ । जसमा १ हजार २६५ जनाको ज्यान सडक दुर्घटनामै गुमेको छ । यो वैदेशिक रोजगारीमा मृत्यु हुने कुल संख्याको ११ प्रतिशत हो ।
वैदेशिक रोजगारमा गएका नेपालीले सबैभन्दा बढी प्राकृतिक मृत्यु, हृदयघात लगायतका कारणले ज्यान गुमाइरहेका सरकारी अभिलेखमा उल्लेख छ ।
समाजशास्त्री माधव गौतम नेपाली श्रमिकको जीवन परदेशको सडकमै गुमाइरहेका अवस्था निकै दुर्भाग्यपूर्ण भएको सुनाउँछन् । स्वदेशमा रोजगारी नपाएर परदेश गएका मुलुकको युवा शक्ति सडक दुर्घटनामा ज्यान गुमाइरहेको घटना बिडम्बना भएको उनको भनाइ छ । भन्छन्, ‘देशमा रोजगारी नहुँदा भविष्य खोजीमा परदेश पुगेका युवाहरु सडकमै सस्तो मृत्यु अंगाल्नु परेको अवस्था छ । यो अत्यन्त चिन्ताको विषय हो ।’
श्रम विज्ञ रामेश्वर नेपाल वैदेशिक रोजगारी श्रमिकले गन्तव्य देशको भाषा र ट्राफिक नियम नजान्दा दुर्घटना पर्ने बताउँछन् । सम्बिन्धित गन्तव्य देश जानुअघि त्यहाँको ट्राफिक नियम कानुनको अज्ञानताले सडक दुर्घटनामा नेपाली श्रमिकले ज्यान गुमाउनु परिरहेको उनले बताए । ‘ट्राफिक नियम थाहा नपाउँदा, सामान्य बाटो काट्दा पनि नेपालीहरु ज्यान गइरहेका हुन्छ’, उनले भने ।
श्रमिकलाई दिइने अभिमुखीकरण तालिमलाई प्रभावकारी बनाउन सके सडक दुर्घटनामा हुने मृत्युदर कम गर्न सकिने नेपालले बताए । ‘वैदेशिक रोजगारमा जानुअघि श्रमिकहरुलाई सक्ने सवारी दुर्घटना सम्बन्धी सचेतना दिन जरुरी छ’, उनले भने, ‘अभिमुखीकरण कक्षालाई अनिवार्य गरी त्यसमा सवारी दुर्घटनाबाट बच्ने उपायहरू सिकाउनुपर्छ ।’
नेपालले श्रमिकलाई गन्तव्य देशको ट्राफिक नियमबारे पहिले नै बुझाएर दुर्घटना र दुर्घटना मृत्युदर धेरै हदसम्म रोक्न सकिने बताउँछन् ।