Breaking 
गणतन्त्रको जग हल्लिनेबला छैनः विमलेन्द्र निधि | नेपालक नेतासभक बीच hate speech बैढ रहल | मोडेल कलेजका कानून तर्फ अध्ययनरत बिद्यार्थीसंग उच्च अदालत जनकपुरको न्यायिक सम्वाद कार्यक्रम | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने – देशको परिस्थिति अत्यन्तै जटिल छ, के हुन्छ भन्न सकिँदैन | मधेसको राजधानी जनकपुरधामबाट लिङदेनको सन्देश– ‘होशियार तपाईको मत तपाईको धर्मबिरुद्ध प्रयोग हुँदैछ’ | पूर्वराजाको समर्थनमा नारायणहिटी दरबारको गेटमा प्रदर्शन | पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा | ड्राइभरबिनै हुइँकिने गाडी | मैथिली कथा – आदर्श | आइपीएलमा सहभागी १० टोलीका कप्तानहरुको रेकर्ड |

संचारकर्मीलाई नगरप्रमुखले धम्की दिएको भन्दै पत्रकार महासंघ प्रादेशिक समितिको आपत्ति





जनकपुरधाम ।
समाचार लेखेको विषयलाई लिएर संचारकर्मीलाई गालीगलौज तथा धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघ मधेस प्रदेशले आपत्ति जनाएको छ । सिरहाको धनगढीमाई नगरपालिकाका नगरप्रमुख शिवशंकर महताले नेपाल पत्रकार महासंघ सिरहाका सदस्य तथा सञ्चारकर्मी मुकेश कुमार यादवलाई गाली गलौज गर्दै धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघ मधेश प्रदेशको गम्भिर ध्यानाकर्षण भएको हो ।
समाचारको विषयमा चित्त नबुझे उपचार खोज्ने विभिन्न विनकायहरु हुँदाहुँदै पनि गालीगलौज गरी धम्की दिई मानसिक पीडा दिएको भन्दै नेपाल पत्रकार महासंघ मधेसका अध्यक्ष राजेशकुमार कर्णले एक विज्ञप्ति जारी गर्दै आपत्ति जनाएका हुन् ।
विज्ञप्तिमा भनिएको छ ‘यस्तो घटना प्रेस स्वतन्त्तता र अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध रहेको हाम्रो ठहर छ । तसर्थ यस प्रकारको घटना नदोहर्याउन र पत्रकार यादवलाई स्वतन्त्र एवम् निस्पक्ष ढङ्गबाट पत्रकारीता गर्न दिन अपील गर्दछौं ।’
यादवले गत साउन २३ गते न्यूज कारखाना र प्राइम टेलिभिजनमा नगरस्तरीय योजनाबाट खानेपानीका लागि वोर्डिङ जडान कार्यमा उपभोक्तासँग अवैध रुपमा रकम असुलेको समाचार लेखेका थिए । प्रकाशित समाचारको विषयलाई लिएर नगर प्रमुख महतोले समाचार डिलिट गर्न दवाव दिदैं धम्कीपूर्ण भाषा प्रयोग गरेका थिए ।