Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

महिला टी–२० विश्वकप यूएईमा हुने





एजेन्सी ।
आईसीसी महिला टी–२० विश्वकप २०२४ संयुक्त अरब इमिरेट्स (यूएई) मा हुने भएको छ ।
यसअघि बंगलादेशमा हुने भनिएको महिला टी–२० विश्वकप त्यहाँबाट यूएईमा सारिएको अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले जनाएको छ । यसअघि महिला विश्वकप आगामी अक्टोबर ३ देखि २० सम्म बंगलादेशमा हुने तय थियो । तर बंगलादेशमा भएको पछिल्लो विद्यार्थी आन्दोलनका कारण बंगलादेशमा प्रतियोगिता हुने नहुने अनिश्चित बनेको थियो ।
यसअघि भारतलाई महिला टी२० विश्वकप आयोजनाका लागि प्रस्ताव गरेपनि भारतले अस्वीकार गरेको थियो । अब महिला टी–२० विश्वकप यूएईको दुई शहर दुबई र शारजहामा हुने आईसीसीले जनाएको छ ।
आईसीसीका प्रमुख कार्यकारी जेफ एलार्डासले बंगलादेशमा विश्वकप आयोजना गर्न नपाउनु लाजमर्दो कुरा रहेको बताएका छन् ।
यस्तै विश्वकप आयोजकको रुपमा आगाडी आएको इमिरेट्स क्रिकेट बोर्डलाई एलार्डासले धन्यवाद दिएका छन् । आईसीसीको हेडक्वाटर रहेको यूएई पछिल्लो समयम क्रिकेट प्रतियोगिताहरुको लागि हब नै बनेको छ ।
यूएईले सन् २०२१ मा ओमानसँगै टी२० पुरुक्ष विश्वकपका साथै विभिन्न छनोट प्रतियोगिताहरु आयोजना गरिसकेको छ । विश्वस्तरीय पूर्वाधार र सुविधा भएको यूएई महिला टी–२० विश्वकप आयोजनाका लागि सबै किसिमले तयार रहेको आईसीसीले जनाएको छ ।