Breaking 
अमेरिकी डलर र युरोको भाउ घटबढ, अरुको कति ? | नौ महिना अन्तरिक्षमा अड्किएका सुनिता र बुच अन्ततः पृथ्वी फर्किए | चीनमा सुँगुरको मिर्गाैला मान्छेमा सफलतापूर्वक प्रत्यारोपण | अब भन्सारमा जफत सामान ३ महिनाभन्दा बढी थन्काउन नपाइने | ट्रम्पको ‘ट्रुथ सोसल’मा मोदी पनि सहभागी | सबैला घटनालाई लिएर तत्काल चोकको नामाकरण नगर्नेसहित ५ बुँदे सहमति | जनकपुरधाममा भूमिगत जल संगोष्ठी हुने | पोखरा भ्रमण वर्ष बेलुन विस्फोट घटनाः छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन | शैक्षिक संस्थाद्वारा विद्यार्थीहरुसँग लिइने शुल्कको विषयमा जनकपुरधाम उपमहानगर गम्भिर | सप्तरीको महेन्द्र विन्देश्वरी क्याम्पसबाट स्ववियु निर्वाचनको क्रममा फर्जी मतदाता पक्राउ |

बंगलादेशले श्रीलंकालाई हरायो, नेपाल सेमिफाइनलमा





काठमाडौं ।
२० वर्षमुनिको साफ च्याम्पियनसिपमा मंगलबार बंगलादेशले श्रीलंकालाई २–० ले पराजित गरेपछि नेपाल एक खेलअघि नै सेमिफाइनल प्रवेश गरेको छ ।
यसअघि समूह ए को पहिलो खेलमा नेपालले श्रीलंकालाई १–० ले पराजित गरेको थियो । बंगलादेशले पनि श्रीलंकालाई हराएपछि दुवै टोलीले समूहको अन्तिम खेल अघि नै सेमिफाइनलमा स्थान पक्का गरेका हुन् । लगातार दुई हारपछि श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ ।
अब बिहीबार नेपाल र बंगलादेशबीचको खेलले समूह एको विजेताको टुङ्गो लाग्नेछ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा बंगलादेशले दुवै हाफमा एक–एक गोल गरेको थियो । खेलको १७औं मिनेमा मिराजुल इस्लामले राबी होसेन राहुलको पासमा गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएका थिए । दोस्रो हाफमा पिएस अहमाद नोभाले बंगलादेशका लागि दोस्रो गोल गरे । साफ यु–२० च्याम्पियनसिपमा शुक्रबार भुटान र माल्दिभ्सबीच खेल हुनेछ । भुटान पहिलो खेलमा भारतसँग १–० ले पराजित भएको थियो ।