Breaking 
मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर | पाइलट शौचालयमा जाँदा सह–पाइलट बेहोस, १० मिनेटसम्म पाइलटबिनै उडी रह्यो विमान | कुकुर एक मात्र प्राणी जे अपनासँ बेसी अहाँके प्रेम करैत अछि |

अपराधिक कृयाकलाप धनुषामा निरन्तर बढ्दै





जनकपुरधाम ।
धनुषा जिल्लामा अपराधिक कृयाकलाप निरन्तर बढ्दै गईरहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाको पछिल्लो ३ वर्षको विवरणलाई केलाउँदा अपराधिक कृयाकलाप निरन्तर बढ्दै गईरहेको देखिन्छ । जिल्ला प्रहरी कार्यालय धनुषाको तथ्यांक अनुसार गत आर्थिक वर्षमा १३६६ वटा अपराधिक घटना भएका थिए । यस अघि आर्थिक वर्ष २०७९÷०८०मा १५४५ वटा अपराधिक घटना भएको थियो । जबकि आर्थिक वर्ष २०७८÷०७९मा १२६२ वटा अपराधिक घटना भएका थिए ।
घटनामा संलग्नलाई प्रहरीले आर्थिक वर्ष २०७८÷०७९मा १०९८ जनालाई पक्राउ गरेको थियो भने आर्थिक वर्ष २०७९÷०८०मा ११५० जनालाई प्रहरीले पक्राउ गर्न सफल भएको थियो । जबकि गत आर्थिक वर्षमा प्रहरीले ७ सय ८५ जनालाई मात्रै पक्राउ गर्न सफल भएको हो ।
प्रहरीले यी घटनाहरुमध्ये आर्थिक वर्ष २०७८÷०७९मा १०७८, आर्थिक वर्ष २०७९÷०८०मा १०५८ र गत आर्थिक वर्षमा ७ सय ४ घटना फर्छयौट गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।