Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पहिलोपटक स्थानीय तह निर्वाचनमा सहभागी हुँदै रास्वपा





काठमाडौँ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तह उपनिर्वाचन लड्ने तयारी गरेको छ । २०७९ वैशाखमा स्थानीय तह निर्वाचन हुँदा रास्वपा अस्तित्वमै थिएन । त्यसपछि गठित पार्टीले प्रतिनिधिसभा सदस्यतर्फ प्रतिस्पर्धा ग¥यो । त्यहीँबाट राष्ट्रिय पार्टीका रूपमा उदायो । प्रदेशसभा निर्वाचनमा भाग लिएन ।
स्थानीय तहका रिक्त पदमा आउँदो मंसिर तेस्रो साता उपनिर्वाचन गर्ने तयारी छ । त्यससँगै रास्वपा जुर्मुराएको छ । बुधबारका निम्ति पार्टी केन्द्रीय समितिको बैठक बोलाइएको छ । बैठकमा उपनिर्वाचनबारे पनि छलफल गरिने रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाले जानकारी दिए ।
उक्त बैठकको पाँचौँ एजेन्डका रूपमा उपनिर्वाचनबारे छलफल समावेश छ । कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले उपनिवार्चनमा भाग लिने÷नलिनेबारे बैठकबाट निर्णय गरिने जानकारी दिए ।
“पार्टी गठन भएपछि स्थानीय तहको निर्वाचन वा उपनिर्वाचन भएको छैन । यो उपनिर्वाचनमा जानुपर्छ कि जानु हुँदैन भन्ने राय सुन्छौँ । त्यहीअनुसार निर्णयमा पुग्छौँ,” उनले भने ।
एक पदाधिकारीका अनुसार, धेरै नेता उपनिर्वाचन लड्नुपर्ने पक्षमा छन् । “नेतृत्व उपनिर्वाचनमा जानुपर्छ भन्नेमा छ । धेरै नेताहरूको कुरा जानुपर्छ भन्ने नै छ । राजनीतिक दलका रूपमा आइसकेपछि चुनावमा जानुपर्छ, जित्ने र हार्ने भन्ने फरक पाटो हो । सहभागितामूलक छलफलबाट निर्णयमा पुग्छौँ,” ती पदाधिकारीले भने ।
रास्वपाले यसअघि प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा भाग लिइसकेको छ । रास्वपाका तर्फबाट दुईजनाले उपनिर्वाचन जितेर सांसद पनि बनेका छन् । बारा–२ र पछिल्लोपटक इलाम–२ मा भने रास्वपाका उमेदवार पराजित भएका थिए ।
स्थानीय तहका नगरपालिकाका प्रमुख र उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरी हाल ३५ पद रिक्त छ ।