Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

अमेरिकी राष्ट्रपति बाइडेनले विदाईमा भने ‘अमेरिका आई लभ यु’





एजेन्सी ।
अमेरिकी राष्ट्रपति जो बाइडन विदाइका बेला भावुक बनेका छन् । सोमबारको बिदाइ कार्यक्रमलाई सम्बोधनको क्रममा स्टेजमा उक्लिएका उनले सहभागीहरुलाई धन्यवाद दिए । अनि भने, ‘अमेरिका आई लभ यु ।’
सम्बोधन अगाडि उनले आफ्नी छोरी एशले बाइडनलाई अंकमाल गरे । सम्बोधन अवधिभर उनले पटकपटक कमला ह्यारिसको नाम लिए ।
कमला ह्यारिस डेमोक्रयाटिक पार्टीबाट राष्ट्रपति पदको उम्मेदवार छिन् । रिपब्लिकन उम्मेदवार ट्रम्पसँग सुरुमा बाइडेन नै चुनाव लड्ने भनेर अभियान चलाइएको थियो । तर, पछि बाइडेन पछि हटेका थिए । हाल कमला राष्ट्रपति पदको र टिम वाल्ट्ज उपराष्ट्रपति पदको उम्मेदवार छन् ।
बाइडेनले आफ्नो सरकारको पालामा भएको कामबारे पनि सुनाए । आफूले मध्यमवर्गका लागि काम गरेको भन्दै उनले कोभिड १९ को महामारीको बेला विश्वको सबैभन्दा मजबुत अर्थव्यवस्था बनाउन सकेको जिकीरसमेत गरे ।