Breaking 
मोडेल खबरमा रमण पाण्डेय, उहाँले भन्नुभयो – गंगासागरको पूर्वतर्फ घाटमा स्व. रामनारायण मिश्रको स्मृति भवन निर्माण हुन्छ हुन्छ हुन्छ | राराबमा लगाइएको ताला खोलियो, आंशिक शिक्षकहरुको तलब भुक्तानी सम्बन्धि प्रकृया क्याम्पस प्रशासनले अगाडी बढाए | वैशाख ७ गते निषेधित क्षेत्रमै प्रदर्शन गर्ने राप्रपाको निर्णय | सातवटै प्रदेशका उपसभामुखहरुको ३ दिवसीय सम्मेलन धनुषाको लालगढमा शुरु | शिक्षकहरुको आन्दोलन नरोकिए कक्षा १२को परीक्षा रोकिने सम्भावना | रास्वपाको सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले किन दिइन् राजिनामा | भूगर्भविदहरुको चेतावनी– भारत विनाशकारी भूकम्पको संघारमा छ | सुनको मूल्य एकै दिन ३६ सयले बढ्यो, १ लाख ९० हजारमाथि पुग्यो मूल्य | कुवेतसंगको पराजयपछि नेपाल आइसीसी बरियतामा १ स्थान खस्कियो | कि ई सरकार संकटमे अछि ? |

अमेरिकी राष्ट्रपति बाइडेनले विदाईमा भने ‘अमेरिका आई लभ यु’





एजेन्सी ।
अमेरिकी राष्ट्रपति जो बाइडन विदाइका बेला भावुक बनेका छन् । सोमबारको बिदाइ कार्यक्रमलाई सम्बोधनको क्रममा स्टेजमा उक्लिएका उनले सहभागीहरुलाई धन्यवाद दिए । अनि भने, ‘अमेरिका आई लभ यु ।’
सम्बोधन अगाडि उनले आफ्नी छोरी एशले बाइडनलाई अंकमाल गरे । सम्बोधन अवधिभर उनले पटकपटक कमला ह्यारिसको नाम लिए ।
कमला ह्यारिस डेमोक्रयाटिक पार्टीबाट राष्ट्रपति पदको उम्मेदवार छिन् । रिपब्लिकन उम्मेदवार ट्रम्पसँग सुरुमा बाइडेन नै चुनाव लड्ने भनेर अभियान चलाइएको थियो । तर, पछि बाइडेन पछि हटेका थिए । हाल कमला राष्ट्रपति पदको र टिम वाल्ट्ज उपराष्ट्रपति पदको उम्मेदवार छन् ।
बाइडेनले आफ्नो सरकारको पालामा भएको कामबारे पनि सुनाए । आफूले मध्यमवर्गका लागि काम गरेको भन्दै उनले कोभिड १९ को महामारीको बेला विश्वको सबैभन्दा मजबुत अर्थव्यवस्था बनाउन सकेको जिकीरसमेत गरे ।