जनकपुरधाम ।
धनुषा र सिरहा जिल्लालाई जोड्ने कमला नदीमा नयाँ पुल निर्माणको माग गर्दै सिरहाका स्थानीय आज आमरण अनशनमा बस्न लागेका छन् ।
कमलामा नया पुल निर्माणको माग गर्दै आन्दोलित सिरहाका स्थानीय जनकपुरधामस्थित मुख्यमन्त्री कार्यालय अगाडी आमरण अनशनमा बस्न लागेका हुन् । गत साता मात्रै मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहलाई नयाँ पुल निर्माणका लागि प्रकृया अगाडी बढाउने गरी ७ दिने अल्टिमेटम सहित उनीहरुले ज्ञापन पत्र बुझाएका थिए । तर मुख्यमन्त्रीले आफूहरुको मागप्रति बेवास्ता गरेपछि आफूहरु आज आमरण अनशनमा बस्न लागेको आन्दोलनको अगुवाई गरिरहेका प्रविण यादवले जानकारी दिए । मुख्यमन्त्रीलाई गत साता नयाँ पुल निर्माणका लागि संघ सरकारसंग पहल गर्न भनेका थियौँ, उनले भने ‘तर त्यहाँबाट एक फोन कलसम्म नआएको र प्रदेश सरकारले कुनै गम्भिरता देखाएको छैन ।’ म आफै पनि आमरण अनशनमा बस्न लागेको उनले जानकारी दिए । उनी संगै ९ जना सिरहाका स्थानीय आमरण अनशनमा बस्न लागेका हुन् ।