Breaking 
रविन्द्र मिश्रलाई ३ लाख धरौटीमा छोड्ने आदेश | गृहका १७ सहसचिव र उपसचिवको सरुवा, १० जिल्लाका सीडीओ हेरफेर (सूची) | प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित | त्रिविको सिनेट २२ असारमा, नीति तथा कार्यक्रम र बजेट पेस हुने | हाम्रो मागलाई सुनिदिनुपर्‍यो : रास्वपा पार्टीका प्रवक्ता एवं सांसद मनिष झा | धरानका मेयर-उपमेयरबीच विवाद चर्कियो | संघीय लोकतान्त्रिक मोर्चाको कार्यविधि तयार, सचिवालय जनता प्रगतिशील पार्टीको कार्यालयमा रहने | मधेसक बजेटकेँ श्रोतक आधार कमजोर | पर्साको यातायात कार्यालयका अधिकृत कमलराज गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा | जी–सेभेन बैठकको निश्कर्ष– इरान क्षेत्रीय अशान्तिका साथै आतंकको असली श्रोत |

सीताले अध्ययन गरेको थलो ‘ज्ञानकुप’, कुपहरु ओझेलमा





जयन्त ठाकुर
जनकपुरधाम ।
मिथिला क्षेत्रको सभ्यतालाई विशेषगरी सीता तथा रामायणकालीन इतिहाससँग जोड्ने गरिन्छ । तर जनकपुरधाम तथा मिथिला क्षेत्रलाई रामायणकालीन इतिहासभन्दा पुरानो इतिहाससंग पनि जोड्न गरिन्छ । तर संरक्षणको अभावमा त्यस्ता ऐतिहासिक तथा पौराणिक स्थलहरु विस्तार ओझेलमा पर्दै गएका छन् ।
त्यसको प्रत्यक्ष उदाहरणको रुपमा जनकपुधामको ज्ञानकुपलाई लिन सकिन्छ जसलालई सीताले अध्ययन गर्ने थलो मानिन्छ । रामायणकालीन इतिहासभन्दा पुरानो इतिहास बोकेको ज्ञानकुप अझैसम्म ओझेलमै रह्नु चिन्ताको विषय हो ।
जनकपुरधाम उपमहानगरपालिका वडा नं. ८ मा रहेको याज्ञवल्क्य संस्कृत विद्यालय सीताको समयभन्दा पनि पुरानो इतिहास बोकेको ठाउँ भएको संस्कृतिविदहरुको भनाइ छ । सीता आफ्नो बाल्यकालमा शिक्षादीक्षा प्राप्त गर्नका लागि सोही विद्यालयमा आउने गरेको मिथिला महात्म पुस्तकहरुमा उल्लेख गरिएको पाइन्छ ।
शिष्यहरुका लागि लागि गुरुकुल परिसरमा विभिन्न तीन वटा कुप(इनार) को व्यवस्था गरिएको थियो । जसमा शतानन्द कुप, ज्ञानकुप र विद्याकुप रहेका छन् ।
शतानन्द सीता र उनका बुवा राजा जनकका समेत गुरु थिए भने ज्ञान कुप यस भूमिको नाम थियो र विद्या कुपको जल अति नै शुद्ध रहेको विश्वास गरिन्छ । भारतबाट आउने पर्यटकहरुले यस कुपबाट पानी लग्ने गरेको याज्ञवल्क्य संस्कृत विद्यालयका प्रधानाध्यापक संजय कुमार झा बताउँछन् ।
यस क्षेत्रमा रहेका तीन वटै कुपले सीताले आफ्नो शिक्षादीक्षा यसै स्थलमा हासिलको प्रमाणित हुने ज्ञानकुपका प्रधानाध्यापक झाको दावी छ ।
यस ऐतिहासिक क्षेत्रको चर्चा मिथिला माहात्म्य पुस्तकमा समेत उल्लेख गरिएको छ । विद्या कुपको जलले चर्म रोग लगायत विभिन्न प्रकारको रोग निको हुने जनविश्वास रहिआएको छ ।
सीतासँग मात्र नभई यसको इतिहास त्यसभन्दा पहिले याज्ञवल्क्य सँग समेत जोडिएको बताइन्छ । याज्ञवल्क्य आफ्नो वेद गुमाएपछि यस भूमिमै आएर वेद हासिल गरेको प्राधानाध्यापक झा बताउँछन् । १५ दिने मिथिला मध्यमा परिक्रमाको क्रममा यहाँको जल ग्रहण नगरेसम्म अन्तगृहको फल प्राप्त नहुने जनविश्वास समेत छ ।
धार्मिक, साँस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको यस क्षेत्रको संरक्षणका लागि सरोकारवालाहरुले चासो नलिएपछि अहिले तीन वटै कुपको इतिहास मेटिने अवस्थामा पुगेको छ ।