Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

एफबीआईको दाबी– इरानले डोनाल्ड ट्रम्पको अभियान ह्याक गर्यो





एजेन्सी ।
अमेरिकी गुप्तचर अधिकारीहरूले पूर्वअमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अभियान ह्याक गर्नुको पछाडि इरानको हात रहेको आरोप लगाएका छन् ।
अमेरिकी गुप्तचर एजेन्सी एफबीआई र अन्य अनुसन्धान एजेन्सीले यस विषयमा संयुक्त वक्तव्य जारी गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘इरानले अमेरिकाको चुनावमा लोकतान्त्रिक संस्थाबीच द्वनद्व बढाउन र विश्वास घटाउन हस्तक्षेप गर्ने निर्णय गरेको थियो ।’ विज्ञप्तिमा इरानले सामाजिक इन्जिनियरिङ र अन्य प्रयासमार्फत दुवै राजनीतिक दलको राष्ट्रपति अभियानविरुद्ध यस्तो गर्ने प्रयास गरेको आरोप लगाइएको छ ।
हालै डोनाल्ड ट्रम्पको अभियानले आफ्नो आन्तरिक सञ्चार ह्याक गर्नुको पछाडि इरानी ह्याकरहरूको हात रहेको आरोप लगाएको थियो ।
तर ट्रम्पको अभियानको यो दाबीलाई इरानी अधिकारीहरूले अस्वीकार गरेका छन् ।