Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरानले अक्सफोर्ड विश्वविद्यालयको कुलपतिकालागि दिए निवेदन





एजेन्सी ।
एक वर्षभन्दा बढी समयदेखि जेलमा रहेका पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानले बेलायतको अक्सफोर्ड विश्वविद्यालयको कुलपति बन्न आवेदन दिएका छन् । इमरान खानका सल्लाहकार सैयद जुल्फिकार बुखारीले सोसल मिडिया प्लेटफर्म एक्समा पोस्ट गर्दै यसबारे जानकारी दिएका हुन् ।
उनले इमरान खानको अनुरोधमा ‘अक्सफोर्ड युनिभर्सिटी चान्सलर इलेक्सन २०२४’का लागि आवेदन फारम बुझाएको बताए । यसैबीच अक्सफोर्ड विश्वविद्यालयले भने यसबारे केही बताएको छैन ।
विश्वविद्यालयले अक्टोबरमा उम्मेदवारहरूको नाम घोषणा गर्न सक्छ। अक्टोबर २८ मा अनलाइन मतदान हुनेछ । इमरान खानविरुद्ध व्यक्तिगत लाभका लागि गैरकानुनी रूपमा सरकारी उपहार बेचेको अभियोग छ । तर खानले यसलाई राजनीतिक प्रतिशोध र षड्यन्त्रको संज्ञा दिएका छन् । संयुक्त राष्ट्र संघको प्यानलले हालै इमरान खानको हिरासत स्वेच्छाचारी भएको बताएको थियो ।