Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रुपन्देहीको बेलबासमा सवारीसाधन ठोक्किंदा एक युवतीको मृत्यु





बुटवल ।

रुपन्देहीको बेलबासमा तीनवटा सवारी साधन एकै ठाउँमा ठोक्किंदा एक युवतीको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अर्घाखाँचीको सन्धिखर्क नगरपालिका घर भई बुटवल उपमहानगरपालिका ११ देवीनगर बस्दै आएकी २७ वर्षीया सुष्मा श्रेष्ठ छिन् ।

दुर्घटना सोमबार बेलुकी साढे आठ बजेतिर भएको थियो । लु ८७ प ४५७३ नम्बरको स्कुटर चलाएर मुर्गियाबाट बुटवलतर्फ आउँदै गरेकी सुष्मालाई नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो । त्यसपछि अनियन्त्रित भएको स्कुटर लु१च ६७८३ नम्बरको बोलेरो जिपमा ठोक्किएको थियो । सुष्मालाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिए पनि मोटरसाइकल चालक मोटरसाइकलसहित फरार छन् । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।