Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

हसिनाबिरुद्ध बंगलादेशमा १६ मुद्दा दर्ता





एजेन्सी ।
बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाविरूद्ध विभिन्न कसुरको आरोप लगाउँदै १६ वटा मुद्दा दायर भएको छ ।
सोमबार मात्रै हसिनासहित अवामी लिग पार्टीका ६१ जना नेता कार्यकर्ताविरूद्ध नारायणगन्जमा हत्याको मुद्दा दर्ता भएको बंगलादेशी संचारमाध्यमहरुले जनाएको छ । आरक्षण सुधारको माग गर्दै विद्यार्थीहरुले चलाएको आन्दोलनकैबीच जुलाई २१ मा मोहम्मद मिलनको गोली प्रहार गरी हत्या भएको थियो ।
त्यसदिन प्रदर्शनरत विद्यार्थी र अवामी लिग पार्टीका कार्यकर्ताबीच झडप भएको थियो । उनी विद्यार्थी आन्दोलनमा पनि सहभागी थिएनन् न अवामी लिगका कार्यकर्ता नै थिए । त्यसदिन माछा फार्मबाट फर्किँदै गर्दा उनीमाथि सुरक्षाकर्मीले गोली चलाएका थिए । सुरक्षाकर्मीले चलाएको गोली छातीमा लाग्दा उनको घटनास्थलमै मृत्यु भएको थियो । मिलोनकी श्रीमती र उनका परिवारले सोमबार हसिना र ६१ जनालाई विपक्षी बनाएर मुद्दा दायर गरेको जनाइएको छ ।
विद्यार्थीहरूको प्रदर्षन नियन्त्रणबाहिर पुगेपछि हसिना अगस्ट ५ मा प्रधानमन्त्रीबाट राजीनामा दिएर देश छाडेर भारत भागेकी थिइन् । त्यहाँबाट बेलायत जाने भनेपनि भारतमै रहेकी हसिनाविरूद्द बंगलादेशमा अहिलेसम्म १६ वटा मुद्दा दर्ता भएको छ । तीमध्ये १३ वटा हत्याका, एउटा अपहरणको र दुईवटा मानवताविरूद्धको अपराध र नरसंहारसँग सम्बन्धित छ ।