Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

रास्वपा सभापति रवि लामिछानेसंग संसदीय विशेष समितिले भदौ ७ गते बयान लिने





काठमाडौँ ।
सहकारीको बचत अपचलनबारे छानबिन गर्न बनेको संसदीय विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बयानका लागि बोलाउने तयारी गरेको छ । समितिका एक सदस्यले भदौ ७ गते समितिमा बोलाएर लामिछानेसँग बयान लिने तयारी भइरहेको जानकारी दिए ‘प्रमाण बिना बोलाउने कुरा भएन । प्रमाण थप सशक्त बनाउने तयारी भइरहेको छ‚’ समितिका ती सदस्यले भने‚‘भदौ ७ गते उहाँलाई बोलाएर बयान लिनुपर्छ भन्ने तयारी समितिले गरिरहेको छ ।’
पूर्वगृहमन्त्री समेत रहेका सांसद रविसँग बयान लिनुअघि आइतबार रास्वपा सहमहामन्त्री विपिन आचार्यलाई बोलाएर समितिले बयान लिएको छ । यस्तै कुमार रम्तेल‚रोशनी गुरुङ लगायतको बयानबाट सभापति लामिछानेविरुद्ध थप प्रमाण बलियो बनाउने समितिको तयारी रहेको उनले बताए ।
समितिले गोरखा मिडिया अन्तर्गत सञ्चालित ग्यालेक्सी टेलिभिजन सुरुवाती लगानीकर्ता छविलाल जोशी र रवि लामिछानेलाई एकै दिन बोलाउने तयारी गरेको समितिका अर्का सदस्यले बताए । जोशीको आमाको निधन भएकाले ६ गतेसम्म ‘काजक्रिया’मा बस्नुपर्ने भएकाले समितिले ७ जोशीसहित रविलाई बोलाउने तयारी गरेको हो ।