Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

राजनीतिक दस्तावेजलाई अन्तिम रुप दिन समाजवादी मोर्चाको बैठक बस्दै





काठमाडौँ ।
समाजवादी मोर्चाको सचिवालय बैठक आज बस्ने भएको छ । बैठक दिउँसो ३ बजे नेकपा माओवादी केन्द्रको कार्यालय पेरिसडाँडामा बस्ने सचिवालय सदस्य गंगानारायण श्रेष्ठले जानकारी दिए ।
मोर्चाको बैठकले दिएको निर्देशन बमोजिम सचिवालयले वर्तमान राजनीति तथा भावी योजनाको समीक्षा गरी दस्तावेजलाई अन्तिम रूप दिने श्रेष्ठले बताए । यसअघि आइतबार बस्ने भनिएको बैठक संयोजक खड्गबहादुर विश्वकर्मा बिरामी भएकाले स्थगित भएको थियो ।
साउन १ गते बसेको मोर्चाको बैठकले १५ दिनमा राजनीतिक दस्तावेज बुझाउन निर्देशन दिएको थियो । तर एक महिना पुरा भइसक्दा समेत दस्तावेजले पूर्णता पाएको छैन ।
सचिवालयमा श्रेष्ठसहित माओवादी केन्द्रका महासचिव देव गुरुङ, नेकपाका प्रवक्ता विश्वकर्मा र एकीकृत समाजवादीका नेता प्रमेश हमाल रहेका छन् ।