Breaking 
विदेहनगरपालिकामा विवाद, प्रशासकीय अधिकृत कुटिए | बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु | ६ दिनदेखि हराइरहेका बालक फेला, प्रहरीले परिवारजन्यलाई बालक जिम्मा लगाए | मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान र संघियता पढाउने | अस्थि विसर्जनका लागि निस्केका जनकपुरधामका विश्वनाथ महतो सिमरिया घाटबाट बेपत्ता | नक्टाझिजमा दुर्घटनामा परेर शिक्षकको मृत्यु, मिथिला नगरपालिकामा शोक | मोडेल कलेज अफ ल मा यसै शैक्षिकसत्रदेखि वीए एलएलबी(५ वर्षे) को पढ़ाइ हुने |

भाइको दीघार्यूका लागि बहिनीद्वारा राखी बाँधिदै





सुजीतकुमार झा
जनकपुरधाम ।

भाइको दीघार्यूका लागि बहिनीहरुले राखी बाँधिरहेका छन । घर–घरमा उत्सवको माहौल बनेको छ । बाहिर रहेका भाइहरु बहिनी कहाँ आएर राखी बधाँउदा उत्सव जस्तै भएको छ । राजनीतिकर्मी राजीव झाले आफू रक्षा बन्धनकै कारण बहिनी कहाँ राखी बधाँउन आएको बताए । उनी केहीदिन देखि काठमाडौँमा थिए ।
रक्षाबन्धनको कारण जनकपुरधाम सहित पूरै मिथिलाञ्चलमा एकसाता देखि चहलपहल रहेको छ । राखीका लागि सयौ पसलहरु खोलिएको छ भने विद्यालयहरुमा विद्यार्थीलाई राखी बनाउन सिकाइएको छ । अरु बेला जे जस्तो भएपनि, रक्षा बन्धन र भाइटीकामा हाम्रो उत्सव र पूजा हुने गरेको जनकपुरधामका भारती देवीले बताइन् । यो दूबै उत्सवले हामी भाइ बहिनीले भेट गराउने गर्नुका साथै एक अर्कालाई जोडेर राखेको उनले बताइन ।
भविष्य पुराण र श्रीमद्भागवत पुराणमा रक्षासूत्रको चर्चा रहेको छ । भविष्य पुराणमा इन्द्र र शचीको कथा छ भने श्रीमद्भागवत पुराणमा वामन र बालीको कथा छ । र यही कथाले रक्षाबन्धनको महत्व बढाएको जानकारहरु बताउँछन । भविष्य पुराणका अनुसार देवता र असुरहरु बीचमा जब युद्ध शुरु भयो । दैत्य देवताहरुमाथि भारी पर्न थाले । देवताहरु युद्धमा हार्न लागेको देखेर भगवान इन्द्र हतारिँदै ऋषि वृहस्पति कहाँ गए । त्यसपछि बृहस्पतिको सल्लाह अनुरुप इन्द्रकी श्रीमती शचीले रेशमको एउटा धागो मन्त्रको शक्तिले पवित्र गरेर आफ्ना श्रीमानका हातमा बाँधिदिइन् । मन्त्रिएको धागोका कारण देवताहरु युद्धमा विजयी भए । भनिन्छ, त्यही समयदेखि युद्धमा जाँदा जीतको कामना सहित उनीहरुको हातमा राखी बाँध्ने चलन चल्यो । त्यो दिन श्रावण पूर्णिमा भएकाले नै सबै यसैदिन रक्षासूत्र बाध्ने गर्छन ।
स्कन्ध पुराण, पद्मपुराण र श्रीमद्भागवत पुराणहरुमा पनि कथाहरु रहेको छ । जसमा असुरराज दानवीर राजा बलीलाई लक्ष्मी माताले राखी बाँधेको पनि उल्लेख रहेको छ । बलीले देवताहरुसँग युद्धमा हराएर स्वर्गमा अधिकार जमाएका थिए । असुरराजको घमण्ड चरम सीमामा पुगेको थियो । असुरराजको अहंकारलाई चकनाचुर बनाउनका लागि भगवान विष्णुले अदितिको गर्भबाट वामन अवतार लिए र ब्राह्मण भेषमा राजा बली कहा भिक्षा मागे । राजा बली महान दानवीर थिए । उनले ब्राह्मणलाई जे माग्छौ दिनेछु भनेर वाचा गरे । ब्राह्मणरुपी भगवान बिष्णुले बलिसंग भिक्षामा तीन पाइला भूमिको माग गरे । बलिले ब्राह्मणको मागलाई तुरुन्त हुन्छ भने । तर, भगवान बिष्णुले आफ्नो विशालरुपमा प्रकट भएर दुई पाइलामा सम्पुर्ण आकाश, पाताल र धरती नापे । बाँकी एक पाइला कहाँ राख्ने भनेर भगवानले बलिलाई प्रश्न गरे । उनले आफ्नो शीर देखाउदै तेस्रो पाइला राख्न अनुरोध गरे ।
बलिको यस्तो अनुरोध सुनेर भगवान खुशी भए र उनलाई रसातलको राजा बनाएर अजर–अमर हुने वरदान दिए । राजा बलिले यो वरदानसँगै आफ्नो भक्तिको कारण देखाउँदै भगवानलाई दिनरात आफुसंगै बस्नु पर्ने वाचा पनि लिए । भगवान बिष्णुले आफूले लिएको वामन अवतार त्यागेर पुनः लक्ष्मी माता कहाँ जानुपर्ने थियो । तर, आफुले राजा बलिलाई गरेको वाचाका कारण बलिसँगै रसातलमा बस्नु पर्ने बाध्याता भयो । उता लक्ष्मी पनि भगवान बिष्णुको वाचाका कारण चिन्तित भएन् । यस्तो स्थितिमा नारदमुनिले लक्ष्मीलाई एउटा उपाय बताए ।
नारदले बताए अनुरुप लक्ष्मीले राजा बलीलाई राखी बाँधेर आफ्नो दाजु बनाइन् र आफ्नो श्रीमानलाई आफुसँग लिएर आइन् । संयोगले त्यो दिन श्रावण महिनाको पूणिर्मा तिथि थियो । त्यस समयदेखि नै रक्षा बन्धनको पर्व मनाउने प्रचलन भएको मान्यता हिन्दू ग्रन्थहरुमा उल्लेख रहेको छ । संस्कृतिविद् एवं धार्मिक जानकार पण्डित गंगेश झाले सबै कथाहरुको एउटै संदेश रहेको छ रक्षाका लागि यो पर्व प्रारम्भ भएको र अहिलेपनि बहिनीले भाइलाइ रक्षाका लागि राखी बाँधीरहेको बताए । पहिलाई पण्डितद्वारा मात्रै राखी बन्हाउने परम्परा रहेको थियो तर ३÷४ दशक यता यो भाइबहिनीको पर्व बनेको छ । अहिलेपनि पण्डितद्वारा रक्षासूत्र बन्हाउने परम्परा मिथिलामा कायमै रहेको उनले बताए ।
राखी बन्धनमा जनकपुरधाममा मात्रै २ करोड भन्दा बढिको कारोबार हुने गरेको छ । दूई सय भन्दा बढीको पसल रक्षा बन्धनका लागि नै खोलिएको थियो । घर–घरको पर्व भएका कारणले यसको व्यवसाय प्रत्येक वर्ष बढदै गएको जनकपुर उद्योग वाणिज्य संघका उपाध्यक्ष अम्बुप्रसाद साहले बताए । मिठाइ पसलहरुमा पनि आज बिहानै भीड रहेको छ ।
रक्षाबन्धनको साइतलाई लिएर संशय
साउन शुक्ल पूर्णिमा राखी बाँध्नका लागि उत्तम दिन मानिन्छ । तै पनि रक्षा बन्धनका दिन शुभ साइतमै बहिनीहरु भाईलाई राखी बाँध्न चाहन्छन् । नेपाल पञ्चांग समितिका अनुसार नेपाली समय १ बजेर ३१ मिनेटपछि मात्रै रक्षा बन्धनका लागि उत्तम साइत रहेको छ । नेपाली पञ्चांगले दिउँसो १ बजेर ३१ मिनेट अगावै राखी नबाँध्नका लागि समेत भनेको छ । जबकि विश्वविद्यालय पञ्चांगले दिनभरीमा कुनै पनि समयमा राखी बाँध्न सकिने जनाएको छ । वीरगञ्जका पण्डित दिनेश मिश्रले सामाजिक सञ्जाल पोस्ट लेख्दै भनेका छन् साउन शुक्ल पूर्णिमाको यो शुभ तिथिका दिन कुनै पनि समयमा राखी बाँध्न सकिने छ । उनले विश्वविद्यालय पञ्चांग र वैदेही पञ्चांगलाई आधार मानेका छन् । त्यस्तै भारतीय सञ्चारमाध्यमहरुले समेत राखी बाँध्नका लागि दिनभरी शुभ साइत रहेको जनाएको छ । आज राति ११ बजेर ५५ मिनेटसम्म राखी बाँध्न उपयुक्त रहेको भारतीय सञ्चारमाध्यमहरुले भने भनेको ।