Breaking 
बन्दी मुक्त नगरे हमासविरुद्धको आक्रमण सुरु गर्ने इजरायलको चेतावनी | सिमेन्टको मूल्यबृद्धि विरुद्ध मधेसका प्रदेशसभा सदस्य रहवर अन्सारीले दायर गरे सर्वोच्चमा रिट | विदेहनगरपालिकामा विवाद, प्रशासकीय अधिकृत कुटिए | बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु | ६ दिनदेखि हराइरहेका बालक फेला, प्रहरीले परिवारजन्यलाई बालक जिम्मा लगाए | मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान र संघियता पढाउने | अस्थि विसर्जनका लागि निस्केका जनकपुरधामका विश्वनाथ महतो सिमरिया घाटबाट बेपत्ता |

परराष्ट्रमन्त्री राणाले आज भारतका प्रधानमन्त्री मोदीसँग भेटवार्ता गर्ने





काठमाडौँ ।
पाँच दिने भ्रमणका लागि भारत गएकी परराष्ट्रमन्त्री आरजु राणा देउवाले आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गदैछिन् ।
समकक्षी डा.एस जयशंकरसँग द्विपक्षीय वार्तापछि आजै साँझ राणाले भारतीय प्रधानमन्त्री मोदीसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा आइतबार उनी छिमेकी मित्र राष्ट्र भारत भ्रमणमा गएकी हुन् ।
सोमबार उच्चस्तरीय भेटवार्ता सम्पन्न गरेपछि मंगलबार उनले स्वास्थ्य जाँच गराउने कार्यक्रम छ ।
आज राणाले भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेसँग भेटवार्ता गर्ने र उनलाई राखी बाँधिदिने कार्यक्रमसमेत रहेको उनको सचिवालयले जनाएको छ ।
आइतबार नयाँदिल्ली पुगेकी मन्त्री राणालाई नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमास्थलमा भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापा र भारतीय विदेश मन्त्रालयका उत्तरी महाशाखा प्रमुख अनुराग श्रीवास्तवले स्वागत गरेका थिए ।
मन्त्री राणाको सम्मानमा कार्यवाहक राजदूत थापाले आइतबार राति नेपाली दूतावास बाह्रखम्बामा रात्रिभोज आयोजना गरेका थिए ।
मन्त्री राणाको भ्रमण दलमा परराष्ट्र मन्त्रालयको दक्षिण एसिया महाशाखा प्रमुख सहसचिव भृगु ढुंगानालगायत सहभागी छन् । राणालाई भारत सरकारले सेराटन होटेलको स्विट रुममा बस्ने व्यवस्था मिलाएको छ ।
राणाका छोरा जयवीर सिंह देउवा, बुहारी शिवाना श्रेष्ठ, भाइ भूषण राणा, आमा प्रतिभा राणा र अन्य पारिवारिक सदस्य पनि अहिले नयाँ दिल्लीमै छन् । राणा भदौ ६ मा स्वदेश फर्कने कार्यक्रम छ ।