Breaking 
तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर | पाइलट शौचालयमा जाँदा सह–पाइलट बेहोस, १० मिनेटसम्म पाइलटबिनै उडी रह्यो विमान | कुकुर एक मात्र प्राणी जे अपनासँ बेसी अहाँके प्रेम करैत अछि | सुनको मूल्यमा सामान्य गिरावट |

पर्सामा ४ सय ६८ हेक्टर वनक्षेत्र अतिक्रमणको चपेटमा





जनकपुरधाम ।
पर्सा जिल्लामा चार सय ६८ हेक्टर वनक्षेत्र अतिक्रमणको चपेटमा परेको छ । जिल्लाका साझेदारी, सामुदायिक र धार्मिक वन क्षेत्रमा स्थानीयवासीले खेतीपाती तथा घरटहरा निर्माण गरेका छन् ।
डिभिजन वन कार्यालयका प्रमुख सुनिलकुमार कर्णले पर्साभरिका ४ सय ६८ हेक्टर क्षेत्रफल वनक्षेत्र अतिक्रमणमा परेको जानकारी दिए । ‘‘स्थानीयवासीले साझेदारी तथा धार्मिक वनलाई कब्जा गरेर खेतीपाती तथा घरटहरा निर्माण गरेर बसिरहेका छन्”, उनले भने, “वन अतिक्रमण गर्ने स्थानीयवासीलाई राजनीतिक दलले पनि अघोषित रूपमा समर्थन गर्ने परिपाटीले पनि वनजङ्गल जोगाउन समस्या भइरहेको छ । अतिक्रमणमा परेको वन हटाउन जाँदा राजनीतिक तवरबाटै प्रतिरक्षा गर्ने गलत परम्पराको विकास भइरहेको छ ।”
डिभिजन वन कार्यालयका अनुसार पर्सामा चार सय ६८ दशमलव एक सय ४९ हेक्टर वनक्षेत्र अतिक्रमणमा परेको छ । ठोरी गाउँपालिका वराह नजिकै रहेको वन दुई सय दशमलव ७० हेक्टर अतिक्रमणमा परेको छ । यो पर्साको सबैभन्दा धेरै अतिक्रमणमा परेको वनक्षेत्र हो ।
त्यसैगरी, गादीमाई साझेदारी वनक्षेत्र एक सय ६७ दशमलव ६८ हेक्टर, मधुवन क्षेत्रको वन ३२ दशमलव ४७ हेक्टर स्थानीयवासीले कब्जामा लिएका छन् । सखुवापसौनी साझेदारी वन ३३ दशमलव २० हेक्टर, सबैया साझेदारी वन २२ दशमलव २३ हेक्टर क्षेत्रफल अतिक्रमणमा परेको छ ।
त्यस्तै, विन्ध्वासिनी साझेदारी वन १२ दशमलव ०६ हेक्टर अतिक्रमणमा परेको कार्यालयले जनाएको छ । कार्यालय प्रमुख कर्णले जिल्लाभरिमा अतिक्रमणमा परेको वनमा करिब एक हजार पाँच सयको हाराहारीमा घरटहरा निर्माण भएको बताए ।
“कार्यालयसँग पर्याप्त जनशक्ति नहुँदा पनि नियमित अनुगमन र सुपरीवेक्षण गर्न सकिरहेका छैनौँ”, उनले भने, “बेलाबखतमा स्थानीय प्रशासनसँग समन्वयमा अतिक्रमणमा परेको वनलाई फिर्ता ल्याउने प्रयास भइरहेको छ ।” डिभिजन वन कार्यालयमा कुल एक सयजना कर्मचारीको दरबन्दी भए पनि अहिले ५९ जनामात्र कार्यरत छन् । जसले गर्दा पनि नियमित रूपमा वन अनुगनम र निरीक्षण गर्न समस्या भइरहेको छ ।
पर्सामा ११ हजार पाँच सय ७५ हेक्टर वनक्षेत्र छ । पर्सामा चारवटा सामुदायिक वन र तीनवटा साझेदारी वन रहेका छन् । साझेदारी वन ११ हजार चार सय नौ दशमलव १४ हेक्टरमा फैलिएको छभने धार्मिक वन ३४ दशमलव ६३ हेक्टर क्षेत्रफलमा रहेको छ । निजी वन एक सय १० हेक्टर, राष्ट्रिय वन सात दशमलव ५१ हेक्टर क्षेत्रफलमा फैलिएको छ । वनमा साल, खयर, मसला, टिक, सिमल, सिसो, जामुनलगायत प्रजातिका रुख छन् ।