जनकपुरधाम ।
रक्षाबन्धनको पूर्व संध्यामा जनकपुरधामको एक निजि विद्यालयमा राखीको प्रदर्शन गरिएको छ । जानकी आवासीय माध्यमिक विद्यालयका छात्र–छात्राले विद्यालयमै राखी बनाइ प्रदर्शन गरेका छन् ।
दर्जनो विद्यार्थीले राखी बनाइरहेको दृश्य हेर्ने लायक रहेको थियो । राखीका लागि प्रयोगहरु सामाग्रीहरु विद्यार्थीहरु आ–आफना घरबाटै ल्याएक थिए । विद्यालयका शिक्षिकाहरुले राखी बनाउने प्रशिक्षण पनि दिएका थिए । विद्यार्थीहरुले यसप्रकारको कार्यक्रमबाट ज्ञान र मनोरञ्जन दूबै भेटाएको बताए ।यस कार्यक्रमको लागि आफू एकसाता भन्दा बढी समय देखि तयारी गर्दै आएको ६ कक्षामा अध्ययनरत कृति झाले बताइन् । ८ कक्षामा पढने अर्का छात्रा मुस्कान यादवले आफूले बनाएको राखीलाई लिएर भाइलाई बाँध्ने जानकारी दिइन । छात्र अंकुश कर्णले यहाँबाट आफूपनि राखी घर लगेर सोमबार बहिनीसंग बन्हाउने बताए । कर्णले विद्यालयमा राखी बनाएका छन् ।
प्रत्येक वर्ष यस प्रकारको कार्यक्रम आफूहरुले गर्ने गरेको विद्यालयका प्रिन्सिपल प्रमोद अग्रवालले बताए ।