Breaking 
चीनमा सुँगुरको मिर्गाैला मान्छेमा सफलतापूर्वक प्रत्यारोपण | अब भन्सारमा जफत सामान ३ महिनाभन्दा बढी थन्काउन नपाइने | ट्रम्पको ‘ट्रुथ सोसल’मा मोदी पनि सहभागी | सबैला घटनालाई लिएर तत्काल चोकको नामाकरण नगर्नेसहित ५ बुँदे सहमति | जनकपुरधाममा भूमिगत जल संगोष्ठी हुने | पोखरा भ्रमण वर्ष बेलुन विस्फोट घटनाः छानबिन समितिले गृहमन्त्रीलाई बुझायो प्रतिवेदन | शैक्षिक संस्थाद्वारा विद्यार्थीहरुसँग लिइने शुल्कको विषयमा जनकपुरधाम उपमहानगर गम्भिर | सप्तरीको महेन्द्र विन्देश्वरी क्याम्पसबाट स्ववियु निर्वाचनको क्रममा फर्जी मतदाता पक्राउ | एमालेको निश्कर्ष– भारतको उक्साहटमा राजावादीको सक्रियता बढ्यो | एसईईको परीक्षा प्रणालीबाट मुख्यमन्त्री सतिश सिंह असन्तुष्ट, परीक्षाको सम्पूर्ण प्रकृयाबाट मधेस सरकार बाहिरियो |

एक करोडबढी डाउनलोड हुने नेपालको पहिलो डिजिटल वालेट बन्यो ईसेवा





काठमाडौं ।
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवा गुगल प्ले स्टोरमा एक करोडभन्दा बढी पटक डाउनलोड भएको छ । कम्पनीले यो उपलब्धि हासिल गर्ने नेपालको पहिलो डिजिटल वालेट ईसेवा भएको दाबी गरेको छ । ईसेवाले एक करोड डाउनलोडलाई ‘खुसीका एक करोड पलहरू’ भनेर मनाएको छ ।
ईसेवाले सन् २००९ मा बेटा भर्जन सार्वजनिक गर्दै सन् २०१० जनवरी २५ देखि सेवा सुरु गरेको थियो । कम्पनीले यस अवधिमा नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा महत्वपूर्ण योगदान पु¥याएको छ ।
ईसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट बस्तीमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यममार्फत सहजता प्रदान गरिरहेको बताएको छ । हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको ईसेवासँग एक करोडभन्दा बढी दर्ता भएका ग्राहक, दुई लाख ५० हजारभन्दा बढी एजेन्ट, ४९ बैंक, ४५ लघुवित्त र तीन लाख ५० हजारभन्दा बढी मर्चेन्ट आबद्ध रहेको कम्पनीले जनाएको छ ।