Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

साफ यु–२० च्याम्पियनसिपमा नेपालको विजयी सुरुवात





काठमाडौँ ।
घरेलु मैदानमा सुरु भएकोे साफ यू–२० च्याम्पियनसिपमा नेपालले विजयी सुरुवात गरेको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा आइतबार भएको उद्घाटन खेलमा नेपालले श्रीलंकालाई १–० गोल अन्तरले पराजित गर्दै च्याम्पियनसिपमा विजयी सुरुवात गरेको हो । पहिलो हाफमा निराजन धामीले गरेको गोल नै नेपालका लागि निर्णायक बन्यो ।
खेलको २४ औँ मिनेटमा निराजन धामीको गोलमा नेपाली युवा टोलीले सुरुवाती अग्रता बनाएको हो । श्रीलंकाका गोलरक्षकसहित ७ खेलाडीलाई विट गर्दै गरेको निराजनको शसक्त प्रहारले पोष्टको जाली चुमेको थियो ।
त्यसपछि खेलमा थप गोल हुन नसक्दा नेपालले जित हात पारेको हो । खेलको दोस्रो हाफमा नेपालले अग्रता बनाउने मौका पाएपनि त्यसलाई सदुपयोग गर्न नसक्दा अग्रता फराकिलो पार्ने मौका गुमायो ।
जितसँगै नेपालले सेमिफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । समूह चरणको दोस्रो खेलमा नेपालले बिहीबार बंगलादेशविरुद्ध खेल्ने तालिका छ ।
लिगमा सोमबार समूह बी को पहिलो खेलमा भारत र भुटान खेल्नेछन् । सो खेल यही मैदानमा दिउँसो ३ बजे हुनेछ ।
च्याम्पियनसिपमा नेपालसहित ६ राष्ट्र सहभागी छन् । सहभागी ६ राष्ट्रलाई २ समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूह ए मा बंगलादेश र श्रीलंका छन् । समूह बी मा भारत, मालदिभ्स र भुटान छन् । समुहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् ।