Breaking 
तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर | पाइलट शौचालयमा जाँदा सह–पाइलट बेहोस, १० मिनेटसम्म पाइलटबिनै उडी रह्यो विमान | कुकुर एक मात्र प्राणी जे अपनासँ बेसी अहाँके प्रेम करैत अछि | सुनको मूल्यमा सामान्य गिरावट |

प्रशिक्षार्थी डाक्टरको बलात्कारका आरोपीको मानसिक स्वास्थ्य परीक्षण गरिँदै





एजेन्सी ।
भारतको कोलकातामा प्रशिक्षार्थी डाक्टरको बलात्कारको हत्याको विरोधमा देशभरका डाक्टरहरूको प्रदर्शन आइतबार नवौँ दिन पनि जारी रहेको छ ।
घटनाबारे अनुसन्धान गरिरहेको सीबीआईका अनुसार अहिले आरोपित सञ्जयको मानसिक परीक्षण भइरहेको छ । सन्ट्रल फोरेन्सिक साइन्स लेबोरेटरी (सीएफएसएल) बाट मनोवैज्ञानिक र व्यवहार विश्लेषणका ५ सदस्यीय टोलीले यो परीक्षण गरिरहेको छ । यो परीक्षणबाट जघन्य अपराधबारे सञ्जयको मानसिकता के थियो भन्ने पत्ता लाग्नेछ ।
यता, कोलकाता प्रहरीले भाजपाकी पूर्व सांसद लकेट चटर्जीविरुद्ध मुद्दा दर्ता गरेको छ । चटर्जीमाथि प्रदर्शनका दौरान पीडितको पहिचान उजागर गरेको आरोप छ । उनलाई सोधपुछका लागि बोलाइएको छ ।
त्यस्तै, प्रहरीले घटनाबारे अफवाह र फर्जी खबर फैलाएको आरोपमा टीएमसी पार्टीका सांसद सुखेन्दू शेखरलाई पनि सोधपुछका लागि बेलाएको छ ।
गत ९ अगस्तमा कोलकाता के आरजी कर मेडिकल कलेजमा प्रशिक्षार्थी डाक्टरको बलात्कार पछि हत्या भएको थियो । १४ अगस्तमा अस्पतालमा तोडफोड भएको थियो । घटनापछि डाक्टरहरू प्रदर्शनमा उत्रिएका छन् ।