Breaking 
‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा | छोराछोरी सहित आमाले गरे विषसेवन, ३ को मृत्यु | गंगासागरमा निर्माण कार्य रोकिएपछि निति आयोगका उपाध्यक्ष सोहन साहले सामाजिक सञ्जालमा लामो स्टेट्स लेखे, जो जसले राम नारायण मिश्रको स्मारकको विरोध गर्नु भएको छ इमानदारीको साथ यही मापदण्ड अनुसार जनकपुरको सबै पोखरीमा नियम लागू गर्नु पर्ने हिम्मत देखाउनु पर्यो | दुई दिनअघि मधेसको मिडिया काउन्सिलको अध्यक्षमा नियुक्त भएका कमलकुमार उपाध्यायविरुद्ध विशेष अदालतमा मुद्दा दायर | रुसी राष्ट्रपति पुटिनले पहिलो पटक युक्रेनलाई दिए शान्ति वार्ताको प्रस्ताव |

प्रादेसिक अस्पताल जनकपुरधाम निमितको भरमा चल्दै, विशेषज्ञ चिकित्सकको अभावमा पिजी प्रोग्राम प्रभावित





जनकपुरधाम ।

प्रादेसिक अस्पताल जनकपुरधामको मेडिकल डाइरेक्टर डा. रामनरेश पण्डितलाई काठमाडौं सरुवा गरेपछि दूई हप्ता भन्दा बढी भई सक्यो । उनको स्थानमा नयाँ डाइरेक्टर नआउँदा अस्पताल निमित्तकै भरमा चलिरहेको छ । पण्डितलाई बढुवा गर्दै संघीय स्वास्थ्य मन्त्रालयले प्रसुतीगृह काठमाडौ सरुवा गरेको छ ।
हुनत डा. पण्डितलाई मधेश प्रदेश सरकारले पाँच वर्षका लागि प्रादेसिक अस्पतालमा मेडिकल डाइरेक्टर पदमा नियुक्ति दिएको थियो । मेसु नहुँदा अस्पतालको कामकाजमा अहिले खासै प्रभावित नभएपनि विशेषज्ञ चिकित्सकको अभावमा गाइनोका पिजी प्रोग्राम प्रभावित भएको छ । गाइनोमा चार जना एमडी गर्दैछन् । डा. पण्डितकै रेखदेखमा तिनीहरु एमडी गर्दै आएका थिए तर उहाँको सरुवापछि तिनीहरुको पढ़ाइ प्रभावित भएको छ ।
डा. पण्डितले पनि स्वीकार गरेका छन् एमडी गरेकाहरु अहिले अन्यौलमा छन् तिनीहरुका लागि स्वास्थ्य मन्त्रालयले अर्को व्यवस्था गर्नुपर्छ ।
डा. पण्डितको सरुवापछि प्रदेशका स्वास्थ्य मन्त्रालयले नयाँ मेसु पठाउने सम्बन्धमा कुनै निर्णय गर्न सकिरहेको छैन । अहिले डा. केडी दास अस्पतालमा निमित हाकिमको रुपमा कार्य छन् । डा. दासले अस्पतालको क्लिनिकहरुमा अहिले खासै प्रभाव नपरेपनि सरकारी बजेट परिचालनमा समस्या आउन सक्ने बताए । अस्पतालमा भौतिक निर्माणका लागि प्रदेशबाट आउने रकम खर्च गर्न मेडिकल डाइरेक्टर आवश्यक पर्छ, निमित्तलाई नै कार्यवाहक नदिए त्यसमा समेत समस्या हुने उनले भने । एक महिना भित्रै प्रदेशका बजेटहरुको परिचालन शुरु हुन्छ ।
मधेशको राजधानीमा अस्पताल जस्तो सम्बेदनशील स्थानमा निमित्तको भरमा बढि समय चलाउन नहुने चिकित्सकहरु बताउँछन् ।