Breaking 
रविन्द्र मिश्रलाई ३ लाख धरौटीमा छोड्ने आदेश | गृहका १७ सहसचिव र उपसचिवको सरुवा, १० जिल्लाका सीडीओ हेरफेर (सूची) | प्रतिनिधिसभा बैठक बिहीबारसम्मका लागि स्थगित | त्रिविको सिनेट २२ असारमा, नीति तथा कार्यक्रम र बजेट पेस हुने | हाम्रो मागलाई सुनिदिनुपर्‍यो : रास्वपा पार्टीका प्रवक्ता एवं सांसद मनिष झा | धरानका मेयर-उपमेयरबीच विवाद चर्कियो | संघीय लोकतान्त्रिक मोर्चाको कार्यविधि तयार, सचिवालय जनता प्रगतिशील पार्टीको कार्यालयमा रहने | मधेसक बजेटकेँ श्रोतक आधार कमजोर | पर्साको यातायात कार्यालयका अधिकृत कमलराज गौतमविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा | जी–सेभेन बैठकको निश्कर्ष– इरान क्षेत्रीय अशान्तिका साथै आतंकको असली श्रोत |

समाजवादी मोर्चाको बैठक स्थगित





काठमाडौँ ।
आइतबार बस्ने भनिएको समाजवादी मोर्चाको सचिवालय बैठक स्थगित भएको छ । साउन १ गते बसेको मोर्चाको बैठकले पछिल्लो राजनीति घटनाक्रमको समीक्षा गरी १५ दिनमा राजनीतिक दस्तावेज पेस गर्ने निर्देशन दिएको थियो ।
दस्तावेजमा अन्तिमरूप दिन दिउँसो ३ बजे माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा सचिवालयको बैठक बस्ने भनिएको थियो । तर सचिवालयका संयोजक खड्कबहादुर विश्वकर्मा बिरामी भएकाले बैठक स्थगित भएको सचिवालय सदस्य तथा माओवादीका महासचिव देव गुरुङले जानकारी दिए । गुरुङका अनुसार बैठक सोमबार दिउँसो ३ बजे बस्नेछ ।
‘प्रकाण्डजी बिरामी भएकाले आज बैठक बस्न सकेन । सोमबार दिउँसो ३ बजे बस्ने भनिएको छ । दस्तावेजले पूर्णता पाएपछि शीर्ष नेताको बैठकमा पेस गरिनेछ । सोही दस्तावेज बमोजिम मोर्चाले भागी कार्यक्रम ल्याउनेछ’, उनले भने ।
सत्ताबाट हटेपछि माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मोर्चालाई सक्रिय बनाएका छन् । साथै मोर्चा सम्बद्ध दलहरूसँग पार्टी एकताको पहल पनि थालेका छन् ।
भर्खर सकिएको स्थायी समिति बैठकले नेकपा र नेसपा महिन्द्र राय यादव समूहसँग तत्काल एकता प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । विचार मिल्ने वामपन्थी दलहरूसँग धुर्वीकरण गरी सदन र सडकलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।