Breaking 
विदेह नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र साहलाई सुरक्षा धम्की, ४ दिनदेखि कार्यालय जानबाट बञ्चित | नयाँ दिल्ली रेलवे स्टेसनमा १८ जनाको ज्यान जानेगरी भएको भागदौडपछिका तस्बिरहरु | पोखरामा भएको बेलुन विस्फोट घटना अनुसन्धान गर्न ८ सदस्यीय छानवीन समिति गठन | फागुन ११ अगाडी अध्यादेशहरु संसदमा पेश नगरिने लगभग निश्चित | सत्ता पक्षका सचेतकहरुको बैठकमा जसपा नेपाल किन अनुपस्थित भयो ? | स्टार बलरहरुबिना च्याम्पियन्स ट्रफी, चोटले परेशान भारतीय र अष्ट्रेलियन टोली | झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला | सुनको मूल्य २ हजार ७ सयले घट्यो | निजामती र शिक्षा विधेयक अगाडि बढाउने सत्तारुढ दलको निर्णय | बाराको सुधारकेन्द्र अनुशासनिक कारबाही अस्वीकार गरेपछि भएको कुटपीटमा परेर मण्डलको मृत्यु भएको खुलासा |

जसपा नेपालको केन्द्रीय समितिप्रति आपत्ति जनाउँदै सप्तरीका नेताले बुझाए ज्ञापनपत्र





जनकपुरधाम ।
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति गठनप्रति असन्तुष्टि जनाउँदै सप्तरीका नेताहरूले पार्टी अध्यक्ष उपेन्द्र यादवसमक्ष ज्ञापनपत्र बुझाएका छन् । सप्तरी क्षेत्र नम्बर १ का २३ जना नेताले केन्द्रीय समितिको गठनप्रति ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरुले विधानमा भएको समानुपातिक व्यवस्था र कार्यसम्पादन मूल्याङ्कनमा भएको निर्णयले आफूहरूमाथि अन्याय गरेको बताएका छन् । पार्टीमा लामो योगदान दिएका नेताहरू केन्द्रीय समितिमा पर्न नसकेको उल्लेख गर्दै योगदान र योग्य उम्मेदवारहरू महाधिवेशनको चुनावी प्रतिस्पर्धामा रहे पनि पार्टीको निर्देशन बमोजिम उम्मेदवारी फिर्ता लिएको तर पछि केन्द्रीय समिति सदस्य मनोनयन हुँदा त्यसमा यो क्षेत्रका कोही नआउनु दुःखद पक्ष रहेको उल्लेख गरेका छन् ।
ज्ञापनपत्रमा भनिएको छ, ‘विगतका २ वटा निर्वाचनमा गठबन्धन हुँदा वा नहुँदा पनि यस पालिका र क्षेत्रका नेता, कार्यकर्ताको अथक प्रयासबाट सफलता प्राप्त भएको कुरा जगजाहेर नै छ । पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यले पार्टी परित्याग गरेको भएता पनि यस पालिकाबाट एक जनाले पनि उनलाई साथ दिएका छैनन् ।’
मोतिलाल चौधरी थारु क्लस्टर र राजकुमार यादवले खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए । आफूभन्दा कनिस्टको नाम केन्द्रीय सदस्यमा परेको भन्दै उनीहरुले गुनासो गरेका छन् ।