Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

जसपा नेपालको केन्द्रीय समितिप्रति आपत्ति जनाउँदै सप्तरीका नेताले बुझाए ज्ञापनपत्र





जनकपुरधाम ।
जनता समाजवादी पार्टी नेपालको केन्द्रीय समिति गठनप्रति असन्तुष्टि जनाउँदै सप्तरीका नेताहरूले पार्टी अध्यक्ष उपेन्द्र यादवसमक्ष ज्ञापनपत्र बुझाएका छन् । सप्तरी क्षेत्र नम्बर १ का २३ जना नेताले केन्द्रीय समितिको गठनप्रति ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र बुझाएका हुन् ।
उनीहरुले विधानमा भएको समानुपातिक व्यवस्था र कार्यसम्पादन मूल्याङ्कनमा भएको निर्णयले आफूहरूमाथि अन्याय गरेको बताएका छन् । पार्टीमा लामो योगदान दिएका नेताहरू केन्द्रीय समितिमा पर्न नसकेको उल्लेख गर्दै योगदान र योग्य उम्मेदवारहरू महाधिवेशनको चुनावी प्रतिस्पर्धामा रहे पनि पार्टीको निर्देशन बमोजिम उम्मेदवारी फिर्ता लिएको तर पछि केन्द्रीय समिति सदस्य मनोनयन हुँदा त्यसमा यो क्षेत्रका कोही नआउनु दुःखद पक्ष रहेको उल्लेख गरेका छन् ।
ज्ञापनपत्रमा भनिएको छ, ‘विगतका २ वटा निर्वाचनमा गठबन्धन हुँदा वा नहुँदा पनि यस पालिका र क्षेत्रका नेता, कार्यकर्ताको अथक प्रयासबाट सफलता प्राप्त भएको कुरा जगजाहेर नै छ । पार्टीबाट निर्वाचित प्रतिनिधिसभा सदस्यले पार्टी परित्याग गरेको भएता पनि यस पालिकाबाट एक जनाले पनि उनलाई साथ दिएका छैनन् ।’
मोतिलाल चौधरी थारु क्लस्टर र राजकुमार यादवले खुल्ला केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गराएका थिए । आफूभन्दा कनिस्टको नाम केन्द्रीय सदस्यमा परेको भन्दै उनीहरुले गुनासो गरेका छन् ।