Breaking 
खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु | ६ दिनदेखि हराइरहेका बालक फेला, प्रहरीले परिवारजन्यलाई बालक जिम्मा लगाए | मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान र संघियता पढाउने | अस्थि विसर्जनका लागि निस्केका जनकपुरधामका विश्वनाथ महतो सिमरिया घाटबाट बेपत्ता | नक्टाझिजमा दुर्घटनामा परेर शिक्षकको मृत्यु, मिथिला नगरपालिकामा शोक | मोडेल कलेज अफ ल मा यसै शैक्षिकसत्रदेखि वीए एलएलबी(५ वर्षे) को पढ़ाइ हुने | भूमि सम्बन्धि अध्यादेशमा समर्थन नगर्ने जसपा नेपालको निर्णय | नेसपा (नयाँ शक्ति)मा को–को भए निर्विरोध निर्वाचित ? |

नक्कली भुटानी शरणार्थी प्रकरणः बेचन झालाई थुनामा पठाउने अदालतको आदेश





काठमाडौँ ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा काठमाडौँ जिल्ला अदालतले बेचन झालाई थुनामा पठाउन आदेश दिएको छ । आइतबार न्यायाधीश तीर्थराज केसीको इजलासले उनलाई धरौटीमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको हो ।
यसअघि शुक्रबार झा तर्फका कानुन व्यवसायीले आफ्नो बहस पूरा गरेका थिए । जसअनुसार वरिष्ठ अधिवक्ता कृष्ण प्रसाद सापकोटा, महादेव यादव, अधिवक्ता पुरुषोत्तम अर्याल र मणिराम उपाध्यायले झाको तर्फबाट बहस गरेका थिए ।
यस्तै जाहेरवालाको तर्फबाट थप कानुन व्यवसायीले बहस गर्न खोजेपछि न्यायाधीश केसीले इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखेर आइतबारका लागि पेसी तोकिएको थियो ।
शरणार्थी प्रकरणमा पक्राउ परेसँगै बेचनलाई ठगी, लिखत किर्ते, राज्यविरुद्ध र सङ्गठित अपराध सम्बन्धी कसुरमा प्रतिवादी कायम गरिएको छ ।