Breaking 
सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर चौधरी मन्त्री नियुक्त | मैथिली कथा गोष्ठी सम्पन्न | तीनकुने घटनाबारे मानव अधिकार आयोगको अनुसन्धान पूरा, प्रतिवेदन सार्वजनिक गर्ने तयारी | २५ बुँदे घोषणापत्र जारी गर्दै सगरमाथा सम्वाद सम्पन्न | मधेसका पूर्वमन्त्री विजय यादव र बागमती नगरपालिकाका तत्कालिन नगरप्रमुखविरुद्ध अख्तियारद्वारा फेरी अर्को मुद्दा दर्ता | रवि लामिछानेको मुद्दामा मिसिल प्रमाण झिकाउन उच्च अदालतको आदेश | एमालेको ७६ जिल्लामा अधिवेशन सम्पन्न, धनुषाको विवाद अझै सल्टिएन, जेठ ७ गते मतदान गराउन निर्देशन | चर्चा शैक्षिक हबकेँ मा अवकाशप्राप्त शिक्षक चन्देश्वरलाल कर्ण, उहाँले भन्नुभयो – राराब क्याम्पकमा पढाइ र परीक्षा प्रणालीमा आदर्श स्थापित गर्नुपर्छ | स्थानीय तहहरुले पुँजीगत खर्च बढाउन सकेन, ४ अर्ब बढी कानूनविपरित गरे रकमान्तर | पाइलट शौचालयमा जाँदा सह–पाइलट बेहोस, १० मिनेटसम्म पाइलटबिनै उडी रह्यो विमान |

आरजुको राखी कुटनीतिः भारतीय प्रम मोदीसंगको भेटको संयोग जुराउला ?





काठमाडौँ ।
परराष्ट्रमन्त्री आरजु राणा आइतबारदेखि पाँच दिनका लागि भारत भ्रमणमा निस्केकी छन् ।
भारतीय विदेशमन्त्री एस.जयशंकरको निमन्त्रणामा उनी भारत भ्रमणमा गएकी हुन् । तर उनको यो भ्रमण रक्षा बन्धनका कारण विशेष चर्चामा छ ।
भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालेलाई राखी बाँधेकी आरजुको भारत भ्रमण रक्षा बन्धनकै पूर्वसन्ध्यामा भएका कारण पनि चर्चामा छ ।
२०७८ भदौ ६ गते नेपाल भ्रमणमा आएका विदेश विभाग प्रमुख चौथाईवालेले प्रधानमन्त्री निवासमै गएर आरजुको हातबाट राखी बाँधेका थिए । त्यतिबेला कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री थिए ।
आरजुले राखी बाँधेपछि भारतसँग विशेष सम्बन्ध सुरु भएको चर्चा भएको थियो । सोमबार रक्षा बन्धन पर्व छ । आइतबार परराष्ट्रमन्त्री आरजु भारतको दिल्ली पुगेकी छन् ।
रक्षा बन्धनको अवसरमा सोमबार परराष्ट्रमन्त्री आरजुले भाजपा विदेश विभाग प्रमुख चौथाइवालेलाई राखी बाँध्ने भनिएको छ । परराष्ट्रमन्त्री आरजुका निजी सचिवालय स्रोतका अनुसार राखी बाँध्ने कार्यक्रमलाई भ्रमण तालिकामा राखिएको छैन तर भेटघाट भयो भने चौथाइवालेलाई राखी बाँध्ने सम्भावना छ ।
२०७८ मा कांग्रेसका नेता प्रकाशरण महतको निमन्त्रणामा चौथाईवाले नेपाल भ्रमण आएका थिए । रक्षा बन्धनकै दिन उनी नेपाल आएका थिए र भ्रमणको सुरुवातमै आरजुले उनलाई राखी बाँधिदिएकी थिइन् ।
राखी बाँधिएकै कारण चौथाईवाले र आरजुको सम्बन्ध दाजु–बहिनीको जस्तै भएको थियो । त्यसपछि आरजु जतिपटक भारत भ्रमणमा जान्थिन्, चौथाईवालेसँग भेटघाट हुन्थ्यो । उपचारका लागि भारत गएको बेला पनि चौथाईवालेले उनलाई पटक पटक अस्पताल गएर भेट गरी उनको बारेमा जानकारी लिएका थिए ।
विदेश विभाग प्रमुख चौथाईवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वासपात्र मानिन्छन् । विदेश मन्त्रालयमा चौथाईवालेको विशेष पकड छ र एस.जयशंकरले पनि चौथाईवालेको कुरा सुन्छन् ।
त्यही भएर अरु परराष्ट्रमन्त्री भन्दा आरजुको भ्रमण विशेष हुने बताइएको छ । परराष्ट्रमन्त्री आरजु र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटघाट हुने सम्भावना चौथाईवालेका कारण सम्भव हुने देखिएको छ ।
यो भ्रमणमा परराष्ट्रमन्त्री आरजुले भारतका प्रधानमन्त्री मोदीलाई भेटेर नेपाल भ्रमणको निम्तो दिने परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।
परराष्ट्रमन्त्रालयका एक अधिकारीले भने, ‘प्रधानमन्त्री मोदीसँग भेट्ने कार्यक्रम तालिकामा राखिएको छैन, भेटको भारतमै छिनोफानो हुन्छ ।’
भारतीय प्रधानमन्त्री मोदीसँग कुन समयमा भेट्ने समय मिलाउने प्रयास भइरहेको स्रोतको भनाइ छ ।
त्यसैगरी, प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भारतको भ्रमणको विषयमा पनि त्यहाँ कुराकानी हुने बताइएको छ ।