Breaking 
नो केवलकार समुहले आन्दोलनको घोषणा गरे, अब म मुकुमलुङ जान्छु - पूर्वउप प्रधानमन्त्री राजेन्द्र महतो | जापानले हेल्थ केयरमा २० हजार नेपाली लैजाने | काठमाडौंमा फेरि शक्ति प्रदर्शन गर्ने तयारीमा शिक्षकहरू | माओवादी केन्द्रले बोलायो जनप्रतिनिधिको राष्ट्रिय भेला | काठमाडौं विश्वविद्यालयको उपकुलपति छनोट समितिले अन्तिम १० जना प्रतिस्पर्धीको सूची सार्वजनिक गरे | प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता | वन मन्त्रालयको नाम फेर्न प्रस्ताव | खानेपानी मन्त्रालयमा भएको आगलागीको छानबिन गर्न माग | नो केबलकार समूहद्वारा थप आन्दोलनको घोषणा | ममता कुलकर्णीबिरुद्ध आवाज उठाउने हिमाङ्गी सखीमाथि सांघातिक आक्रमण |

बारामा बालबालिका मृत्यु प्रकरणः विषाक्त खानाको रहष्य खुलेन





बारा ।

पाँच दिन अगाडी विषाक्त खानाले सिम्रौनगढ नगरपालिका–७ झवानी गाउँका एकै परिवारका तीन बालबालिकाको मृत्यु भयो । यद्यपि खानामा कसरी विष मिसिन पुग्यो भन्ने अझै खुलेको छैन । अति विपन्न दलित परिवारका नरेश राम चमारका नाबालिक २ छोरी र १ छोराको गत सोमवार मृत्यु भएको थियो । प्रहरीले अनुसन्धान भइरहेको दाबी गरेपनि खाना विषाक्त कसरी हुन पुग्यो भन्ने पत्ता लगाउन सकेको छैन । खाना खाएर बिरामी परेपछि उपचारमा संलग्न चिकित्सकहरुले विषाक्त खानाले मृत्यु भएको मृतक परिवारलाई बताएको थियो । गाउँकै पोखरीबाट मारिएको सानो पोठे माछा किनेर बालबालिकाकी आमाले शनिवार राति पकाएकी थिइन् ।
भात र माछा खाएपछि उनीहरूलाई पेट दुख्ने, आँखा नदेख्ने समस्या भएको थियो । मृतक बालबालिकाको भिसेरा जाँचका लागि विधि विज्ञान प्रयोगशाला पुगिसकेको छैन । ९ वर्षीया छोरी लालिमा, ७ वर्षीया पुष्पा र ५ वर्षीय छोरा कृष्णनन्दनको उपचारको क्रममा वीरगन्ज नेशनल मेडिकल अस्पतालमा मृत्यु भएको थियो । पोस्टमार्टम भने वीरगन्ज नारायणी अस्पतालमा भएको थियो ।
‘माछा मारिएको पोखरी धनी, माछा मारेर बिक्री गर्ने व्यक्ति, मृतकको आमा, हजुरबुवा र हजुरआमा सहित छरछिमेकबाट सोधपुछ गरिएको छ,’ सिम्रौनगढ ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक नवीन राईले भने, ‘मृत्यु भएका तिनै बालबालिका एउटै थालमा सँगै आना आएका थिए ।’ राम परिवारको घरमा खानतलासी गर्दा कुनै प्ररकारको विषादी फेला नपरेको उनले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ । सोही माछा भात बालबालिकाको परिवार र छिमेकीले खाँदा कोही विरामी परेनन् । दलित परिवारका तीन बालबालिकाको काजक्रिया गर्न खर्च जुटाउन मुस्किल परिरहेको वडाध्यक्ष विवेक मेहताले बताए । मेहताले व्यक्तिगत १० हजार सहयोग उपलब्ध गराएका हुन् ।