Breaking 
जनकपुरधाममा भव्य योग शिविर सम्पन्न, मुख्यमन्त्रीसहित सयौले जनाए उत्साहजनक सहभागिता | बृहत्तरका तत्कालिन निर्देशक बलराम ठाकुर सहित ९ जनाविरुद्ध अख्तियारद्वारा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता | हिरासतमा बस्दा रवीन्द्र मिश्रले लेखे ३५ वटा कविता | ११ महिनामा यूएईमा २८१ नेपालीको मृत्यु | प्रहरीले पत्रकार दिलभूषणलाई पक्राउ गर्न नपाउने, उच्च अदालतले दियो यस्तो आदेश | अफताब आलमलाई सफाइ दिने न्यायाधीश छानबिनमा, दुवैलाई न्याय परिषदमा तानियो | प्रतिनिधिसभा बैठकमै सांसदले च्याते बजेट पुस्तिका | इजरायलले सार्वजनिक गर्यो युद्धको क्षति विवरणः २४ को मृत्यु, ८३८ घाइते | म्यान्माकी आङ सान सुकीले जेलमै मनाइन् ८०औँ जन्मदिन | कि समाजवादी मोर्चा सत्ताक सिढी मात्रे साबित भेल ? |

कुटपीट गरी श्रीमतीको हत्या





जनकपुरधाम ।
महोत्तरी गाउँपालिका–१ सनोखड़ा गाउँमा एक व्यक्तिले श्रीमतीको कुटपिट गरी हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक नकुल पोखरेलका अनुसार स्थानीय ४५ वर्षीय हबिब नदाफले ३६ वर्षीया श्रीमती रोशना खातुनलाई कुटपिट गरी हत्या गरेका हुन् ।
श्रीमतीसँगको घरायसी झगडामा हबिबले शनिबार रोशनालाई निर्घात कुटपिट गरेका थिए । समयमै उपचार नहुँदा निजको मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुमान छ ।
रोशनाको शव परीक्षणका लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइको छ । घटनापछि फरार भएका निजका श्रीमानको खोजी भइरहेको प्रहरीले जनाएको छ ।