Breaking 
विदेह नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र साहलाई सुरक्षा धम्की, ४ दिनदेखि कार्यालय जानबाट बञ्चित | नयाँ दिल्ली रेलवे स्टेसनमा १८ जनाको ज्यान जानेगरी भएको भागदौडपछिका तस्बिरहरु | पोखरामा भएको बेलुन विस्फोट घटना अनुसन्धान गर्न ८ सदस्यीय छानवीन समिति गठन | फागुन ११ अगाडी अध्यादेशहरु संसदमा पेश नगरिने लगभग निश्चित | सत्ता पक्षका सचेतकहरुको बैठकमा जसपा नेपाल किन अनुपस्थित भयो ? | स्टार बलरहरुबिना च्याम्पियन्स ट्रफी, चोटले परेशान भारतीय र अष्ट्रेलियन टोली | झापामा प्रहरी कार्यालयभित्रै सई मृत फेला | सुनको मूल्य २ हजार ७ सयले घट्यो | निजामती र शिक्षा विधेयक अगाडि बढाउने सत्तारुढ दलको निर्णय | बाराको सुधारकेन्द्र अनुशासनिक कारबाही अस्वीकार गरेपछि भएको कुटपीटमा परेर मण्डलको मृत्यु भएको खुलासा |

संसद भवनभित्रै सांसदहरुबीच कुटाकुट





एजेन्सी ।
टर्कीमा संसद भवनभित्र सांसदहरुबीच कुटाकुट भएको छ । टर्कीको कारागारमा रहेका विपक्षी नेता क्यान अटालेको अवस्थाबारे संसदमा जानकारी गराउनु पर्ने माग विपक्षी दलले राखेपछि पक्ष र विपक्षी दलका सांसदहरुबीच कुटाकुट भएको हो ।
टर्कीको वामपन्थी वर्कर्स पार्टी (टीआईपी) का सांसद अहमद सिकले रोस्टममा भाषण गर्दै गर्दा राष्ट्रपति रसेप तैयप अर्दोगानको सत्तारुढ एके पार्टीका एक सदस्य अल्पे ओजालानले अहमद सिकलाई झापड हानेपछि सांसदहरुबीच कुटाकुट भएको हो । दुई जनाको विवादकै क्रममा सांसद अहमद सिक भुईमा ढलेपछि स्थिति झन तनावग्रस्त बनेको थियो ।
टर्कीका विपक्षी दलका नेता क्यान अटाले भ्रष्टाचारको मुद्दामा सन् २०२२ देखि कारगारमा रहेको अवस्थामा कारागारबाटै चुनावमा उम्मेदवारी दिएका थिए । यस वर्षको शुरुमा भएको संसदीय निर्वाचनमा सिकले सत्तारुढ एक पार्टीका सांसदहरुको धाँधलीका कारण चुनाव हारेको विश्लेषण गरिरहँदा उनको पक्षमा वकालत गरेका सांसदहरुमाथि आक्रमण भएको हो ।