Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

संसद भवनभित्रै सांसदहरुबीच कुटाकुट





एजेन्सी ।
टर्कीमा संसद भवनभित्र सांसदहरुबीच कुटाकुट भएको छ । टर्कीको कारागारमा रहेका विपक्षी नेता क्यान अटालेको अवस्थाबारे संसदमा जानकारी गराउनु पर्ने माग विपक्षी दलले राखेपछि पक्ष र विपक्षी दलका सांसदहरुबीच कुटाकुट भएको हो ।
टर्कीको वामपन्थी वर्कर्स पार्टी (टीआईपी) का सांसद अहमद सिकले रोस्टममा भाषण गर्दै गर्दा राष्ट्रपति रसेप तैयप अर्दोगानको सत्तारुढ एके पार्टीका एक सदस्य अल्पे ओजालानले अहमद सिकलाई झापड हानेपछि सांसदहरुबीच कुटाकुट भएको हो । दुई जनाको विवादकै क्रममा सांसद अहमद सिक भुईमा ढलेपछि स्थिति झन तनावग्रस्त बनेको थियो ।
टर्कीका विपक्षी दलका नेता क्यान अटाले भ्रष्टाचारको मुद्दामा सन् २०२२ देखि कारगारमा रहेको अवस्थामा कारागारबाटै चुनावमा उम्मेदवारी दिएका थिए । यस वर्षको शुरुमा भएको संसदीय निर्वाचनमा सिकले सत्तारुढ एक पार्टीका सांसदहरुको धाँधलीका कारण चुनाव हारेको विश्लेषण गरिरहँदा उनको पक्षमा वकालत गरेका सांसदहरुमाथि आक्रमण भएको हो ।