Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

मधेसमा हुलाकी सडकको गत आवमा ३३५किमी निर्माण कार्य सम्पन्न





जनकपुरधाम ।
आर्थिक वर्ष २०८०/०८१मा मधेसको ४ जिल्लामा गरी हुलाकी सडको ३ सय ३५ किलोमिटरभन्दा बढी निर्माण कार्य सम्पन्न भएको छ । मधेश प्रदेशको धनुषा, महोत्तरी, सिरहा र सर्लाहीमा ३३५ दशमलव ७६ किलोमिटर हुलाकी सडकको निर्माण सम्पन्न भएको हो ।
हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, जनकपुरधामका अनुसार धनुषा, सिरहा, महोत्तरी र सर्लाहीमा २३१ दशमलव ८८ किमी सडक नेपाल सरकारको लगानीमा निर्माण भएको हो ।
यसैगरी धनुषा र महोत्तरीमा १०३ दशमलव ८८ किलोमिटर सडक भारतीय अनुदानमा निर्माण भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, जनकपुरधामका इन्जिनियर तथा सूचना अधिकारी रञ्जितकुमार रायले बताए ।
कार्यालयका अनुसार ४ जिल्लामा सम्पन्न भएको हुलाकी सडकमा गत आवमा नेपाल सरकारको ८९ करोड ९४ लाख रुपैयाँ खर्च भएको छ ।
हुलाकी राजमार्ग सडकको आव २०७२÷७३ मा निर्माण कार्य शुरू भएको थियो । उक्त सडकमा गत आव सम्ममा नेपाल सरकारको रू. ८ अर्ब ५१ करोड ७९ लाख खर्च भइसकेको सूचना अधिकारी रायले बताए । निर्माण भएको सडकमध्ये ५७ दशमलव ८५ किमी कालोपत्र गर्न बाँकी रहेको जानकारी उनले दिए । उक्त सडकमध्ये २० किमी चालू आवमा सम्पन्न गर्ने लक्ष्य रहेको छ ।