जनकपुरधाम ।
महोत्तरीको जलेश्वर मन्दिरबाट फिरौती माग गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
जलेश्वर नगरपालिका– ५ का गफुर राईनलाई पैसा माग गरिएको र पैसा नदिए धम्कीपूर्ण भाषा प्रयोग गरेको आरोपमा २ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी निरीक्षक धर्मराज मुडभरीले बताए ।
रामगोपालपुर –५ घर भई जलेश्वर डेरा गरी बस्ने २४ वर्षीय सुनिल कुमार राउत र १९ वर्षीय करण मण्डललाई पक्राउ गरपएकोे प्रहरी निरीक्षक मुडभरीले बताए । पक्राउ परेको दुबै जनाले केही दिन देखी अगाडि बाटोमा चिठ्ठी दिएर ९२ हजार रुपैयाँ माग गरिएको र पैसा नदिए धम्कीपूर्ण भाषा प्रयोग गरिएको सूचना प्राप्त भएपछि शुक्रबार जलेश्वर मन्दिरबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।