Breaking 
बुधबारको विदेशी मुद्राको विनिमय दर कति ? | खुकुरी प्रहार गरेर ८ महिने नाति र हजुरआमाको हत्या | चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु | उत्तरी अफगानिस्तानको एउटा बैंक बाहिर आत्मघाती विस्फोट, कम्तीमा ६ को मृत्यु | ६ दिनदेखि हराइरहेका बालक फेला, प्रहरीले परिवारजन्यलाई बालक जिम्मा लगाए | मधेस प्रदेशसभाका सभामुख रामचन्द्र मण्डलले विद्यार्थीहरुलाई संविधान र संघियता पढाउने | अस्थि विसर्जनका लागि निस्केका जनकपुरधामका विश्वनाथ महतो सिमरिया घाटबाट बेपत्ता | नक्टाझिजमा दुर्घटनामा परेर शिक्षकको मृत्यु, मिथिला नगरपालिकामा शोक | मोडेल कलेज अफ ल मा यसै शैक्षिकसत्रदेखि वीए एलएलबी(५ वर्षे) को पढ़ाइ हुने | भूमि सम्बन्धि अध्यादेशमा समर्थन नगर्ने जसपा नेपालको निर्णय |

मधेस प्रदेश कलाकार संघको कार्यसमिति चयन





जनकपुरधाम ।
कलाकारहरुको हकहित संरक्षण गर्ने अभिप्रायले मधेसका कलाकारहरुले मधेस प्रदेश कलाकार संघ गठन गरेको छ । पछिल्लो समय मधेसका कलाकारहरु उत्पीडनमा पर्दै आएको भन्दै कलाकारहरुको हकहित रक्षाका साथै उनीहरुको आवाज उठाउने उद्देश्यले मधेस प्रदेश कलाकार संघ गठन गरिएको हो ।
कलाकारहरुको बैठकबाट रोशनकुमार मिश्रको अध्यक्षतामा ११ सदस्यीय संघको कार्यसमिति समेत चयन गरिएको छ । संघको उपाध्यक्षमा रिना यादव, महासचिवमा रमेश महतो, सचिवमा रितेश पाटली र कोषाध्यक्षमा अविजित चौधरीलाई चयन गरिएको छ ।
त्यस्तै सदस्यहरुमा अरुण विजया, प्रशान्त अरविन्द, वीरेन्द्र झा, सुस्मा साह, संजीव महासेठ र संतोषलाल दास चयन भएका छन् ।