Breaking 
गणतन्त्रको जग हल्लिनेबला छैनः विमलेन्द्र निधि | नेपालक नेतासभक बीच hate speech बैढ रहल | मोडेल कलेजका कानून तर्फ अध्ययनरत बिद्यार्थीसंग उच्च अदालत जनकपुरको न्यायिक सम्वाद कार्यक्रम | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने – देशको परिस्थिति अत्यन्तै जटिल छ, के हुन्छ भन्न सकिँदैन | मधेसको राजधानी जनकपुरधामबाट लिङदेनको सन्देश– ‘होशियार तपाईको मत तपाईको धर्मबिरुद्ध प्रयोग हुँदैछ’ | पूर्वराजाको समर्थनमा नारायणहिटी दरबारको गेटमा प्रदर्शन | पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा | ड्राइभरबिनै हुइँकिने गाडी | मैथिली कथा – आदर्श | आइपीएलमा सहभागी १० टोलीका कप्तानहरुको रेकर्ड |

विद्यार्थी केन्द्रित मैथिली कथा गोष्ठी सम्पन्न





जनकपुरधाम

विद्यार्थी केन्द्रित मैथिली कथा गोष्ठी जनकपुरधाममा सम्पन्न भएको छ । मैथिली विकास कोषको आयोजनमा भएको सो गोष्ठीमा अजय कामती, रिया यादव, रितिका यादव, स्नेहा चौधरी, स्वेता झा, अनुभव चौधरी, मनिषा साह, कुशल झा, अभिराज साह, आभाष कर्ण लगायतले कथा वाचन गरेका थिए ।
पठित कथा मध्ये रिया यादव प्रथम, अजय कामी द्वितिय र अभिराज साह तृतिय भएका छन् । बिजेताहरुको छनौट कोषका सदस्य रामचन्द्र दासले गरेका थिए । विजेतालाई कोषका अध्यक्ष जीवनाथ चौधरी, सदस्य दास र कुमार भाषकरले पुरस्कार वितरण गरेका छन् ।
छात्र कुशल झाको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन रितिका यादवले गरेकी थिइन ।
समारोहमा केही छात्रछात्राले गीत पनि गाएका थिए । गीत गाउनेहरुमा किञ्जल राय, रिया यादव, कुशल झा, अनुभव चोधरी, नविन ठाकुर र हर्षनारायण मिश्र रहेका छन् । कार्यक्रमको स्वागत मन्तव्य एनप्याबसन जनकपुरधामका नगर अध्यक्ष दीपक ठाकुरले गरेका थिए । महिनाको पहिलो शनिवार कोषको आयोजनामा प्रत्येक महिना मैथिली कथा गोष्ठी हुने गरेको छ ।