Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

विद्यार्थी केन्द्रित मैथिली कथा गोष्ठी सम्पन्न





जनकपुरधाम

विद्यार्थी केन्द्रित मैथिली कथा गोष्ठी जनकपुरधाममा सम्पन्न भएको छ । मैथिली विकास कोषको आयोजनमा भएको सो गोष्ठीमा अजय कामती, रिया यादव, रितिका यादव, स्नेहा चौधरी, स्वेता झा, अनुभव चौधरी, मनिषा साह, कुशल झा, अभिराज साह, आभाष कर्ण लगायतले कथा वाचन गरेका थिए ।
पठित कथा मध्ये रिया यादव प्रथम, अजय कामी द्वितिय र अभिराज साह तृतिय भएका छन् । बिजेताहरुको छनौट कोषका सदस्य रामचन्द्र दासले गरेका थिए । विजेतालाई कोषका अध्यक्ष जीवनाथ चौधरी, सदस्य दास र कुमार भाषकरले पुरस्कार वितरण गरेका छन् ।
छात्र कुशल झाको अध्यक्षतामा भएको सो कार्यक्रमको सञ्चालन रितिका यादवले गरेकी थिइन ।
समारोहमा केही छात्रछात्राले गीत पनि गाएका थिए । गीत गाउनेहरुमा किञ्जल राय, रिया यादव, कुशल झा, अनुभव चोधरी, नविन ठाकुर र हर्षनारायण मिश्र रहेका छन् । कार्यक्रमको स्वागत मन्तव्य एनप्याबसन जनकपुरधामका नगर अध्यक्ष दीपक ठाकुरले गरेका थिए । महिनाको पहिलो शनिवार कोषको आयोजनामा प्रत्येक महिना मैथिली कथा गोष्ठी हुने गरेको छ ।