Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

युद्धविराम र बन्धक रिहाइ गर्न राखिएको सर्त हमासद्वारा अस्वीकार





एजेन्सी ।
दोहामा भएको वार्तामा हमासले इजरायलको प्रस्ताव अस्वीकार गरेको छ । इजरायलले गाजा युद्धमा हमाससमक्ष युद्धविराम र बन्धकलाई रिहाइ गर्ने नयाँ सर्त अगाडि सारेको थियो ।
इजरायलले गाजाभित्र र इजिप्टसँगको सिमानामा सैनिक राख्न पाउनुपर्ने प्रस्ताव राखेको थियो भने हमासले पूर्णयुद्धविरामका साथै कुनै पनि अवरोधबिना कैदीहरू फिर्ताको माग गरेको थियो । इजरायली रक्षा मन्त्री योभ ग्यालान्टले शुक्रबार आफ्ना अमेरिकी समकक्षी लोयड अस्टिनसँग छुट्टै कुरा गर्दै अक्टोबर ७ देखि गाजामा बन्धक बनाइएकाहरूको रिहाइका लागि वार्ता महत्वपूर्ण हुनेमा जोड दिएका थिए ।
गत अक्टोबर ७ मा प्यालेस्टिनी इस्लामवादी आन्दोलनका क्रममा भएको आक्रमणमा हमास लडाकूहरूले २५१ जनालाई कब्जामा लिएका थिए । यसमध्ये १११ जना अझै गाजामा बन्दी बनाइएका छन् भने ३९ जना मारिएका सेनाले बताएको छ । इजरायलको सेनाले गाजामा कम्तीमा ४० हजार पाँच जना मानिस मारेको जनाइएको छ । जसमा सैनिक र नागरिक कति मारिए भन्ने खुलाइएको छैन ।