Breaking 
गणतन्त्रको जग हल्लिनेबला छैनः विमलेन्द्र निधि | नेपालक नेतासभक बीच hate speech बैढ रहल | मोडेल कलेजका कानून तर्फ अध्ययनरत बिद्यार्थीसंग उच्च अदालत जनकपुरको न्यायिक सम्वाद कार्यक्रम | नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले भने – देशको परिस्थिति अत्यन्तै जटिल छ, के हुन्छ भन्न सकिँदैन | मधेसको राजधानी जनकपुरधामबाट लिङदेनको सन्देश– ‘होशियार तपाईको मत तपाईको धर्मबिरुद्ध प्रयोग हुँदैछ’ | पूर्वराजाको समर्थनमा नारायणहिटी दरबारको गेटमा प्रदर्शन | पूर्वराजाले गरे गोरखकाली र गोरखनाथमा २ घण्टा पूजा | ड्राइभरबिनै हुइँकिने गाडी | मैथिली कथा – आदर्श | आइपीएलमा सहभागी १० टोलीका कप्तानहरुको रेकर्ड |

राष्ट्रिय मुक्ति क्रान्तिको राष्ट्रिय समिति घोषणा





जनकपुरधाम ।
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्तिले राष्ट्रिय समितिको घोषणा गरेको छ । राष्ट्रिय मुक्ति क्रान्तिले ३५१ जनाको राष्ट्रिय समितिको घोषणा गरेको हो ।
यसअघि राष्ट्रिय मुक्ति क्रान्ति घोषणा गर्दा राजेन्द्र महतोलाई संयोजक बनाइएको थियो । अरू सबै साधारण सदस्य थिए । राष्ट्रिय मुक्ति क्रान्तिमा संयोजकबाहेक अरू सबै सदस्य रहनेछन् । अन्य पदहरू भने सिर्जना नगर्ने राष्ट्रिय मुक्ति क्रान्तिले जनाएको छ ।
समितिले एउटा गोलमेच सम्मेलनको आयोजना गरी कार्तिक मसान्तसम्म एउटा पार्टी निर्माण गर्ने राष्ट्रिय मुक्ति क्रान्तिले जनाएको छ । पार्टी बने पनि राष्ट्रिय मुक्ति क्रान्ति एउटा अभियानको रूपमा रहिरहने बताइएको छ ।