Breaking 
भारतमा आतंककारी हमलामा नेपाली पनि मारिए, साउदीको भ्रमण छोट्याएर स्वदेश फर्किंदै मोदी | डोटीमा मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु | लखनउमाथि दिल्लीको रबाफ | आज यस्तो छ विदेशी मुद्राको विनिमयदर | ‘दिल्लीले पनि मधेसलाई काठमाडौँकै आँखाले हेर्दै आएकोमा वक्ताहरुको असन्तुष्टी’ | कक्षा १२को नयाँ परीक्षा तालिका सार्वजनिक, अब वैशाख २१गतेदेखि हुने | घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर | चाबी बोकेर काठमाडौं आउन विद्यालय कर्मचारीलाई निर्देशन | कर्मचारी ट्रेड युनियनको १० बुँदे माग, ७२ घण्टे अल्टिमेटम | गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईद्वारा राजीनामा |

२० सरकारी वकिलको सरुवा





काठमाडौँ ।
न्याय सेवा आयोगको बैठकले २० सरकारी वकिलहरूको सरुवा गरेको छ ।
शुक्रबार बसेको न्याय सेवा आयोगको बैठकले विभिन्न सरकारी वकिल कार्यालयमा कार्यरत रहेकाहरूको सरुवा गरेको हो ।
प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको अध्यक्षतामा बसेको आयोगको बैठकले सहन्यायाधीवक्ता तहका १० र उपन्यायाधीवक्ता तहका १० जनाको सरुवा गरेको हो । न्याय सेवा आयोगमा प्रधानन्यायाधीश, वरिष्ठतम न्यायाधीश , लोक सेवा आयोगका अध्यक्ष, कानुनमन्त्री र महान्यायाधिवक्ता सदस्य हुने कानुनी व्यवस्था छ । सरुवा हुनेमा उमाकान्त पौडेललाई उच्च सरकारी वकिल कार्यालय नेपालगन्जबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोग पठाइएको छ । त्यस्तै मिना गुरुङलाई धनकुटाबाट महान्यायाधिवक्ता कार्यालयमा सरुवा गरिएको छ ।