सुजीतकुमार झा
जनकपुरधाम
प्रेस लेखिएको गाडीको जनकपुरधाममा व्यापक दुरुपयोग भइरहेको छ । पत्रकारहरु त प्रेस लेखिएको गाडी प्रयोग गर्ने नै भए तर व्यापारीहरु पनि प्रेस लेखिएको गाडी प्रयोग गर्नु पच्ने कुरै भएन । जनकपुरधाममा प्रेस लेखिएको गाडीबाट कुखुरा ढुवानी, तरकारी ढुवानी जस्ता कार्य पनि भएको छ । प्रेस लेखिएको गाडी देखेपछि प्रहरीले सोधपुछ कम गर्ने भएकाले पनि यसप्रकारको गलतकार्य बढेको छ ।
यो समाचार संगै रहेको फोटोमा देख्न सकिन्छ सेतो गाडीमा तरकारी ओसार्दै । ती तरकारी लोड गरिएको गाडीमा पनि रातो रंगको प्रेस लेखिएको छ । प्रदेश २–०३–००१ च १८२७ नम्बरको गाडीमा बजरंग चोक नजिक तरकारी ओसार्दै छ । सानो ट्रक जस्तो सो गाडीमा भगवानको नाउँ पनि राखिएको छ । सबैभन्दा माथि जय माँ राजदेवी त्यसपछि बाबा विश्वकर्मा र तल चुरिया माईकी जय ।
ट्राफिक प्रहरी कार्यालय जिरोमाइल जनकपुरधामका ईन्चार्य प्रहरी निरीक्षक हरिबहादुर ओलीले प्रेस लेखिएको गाडीको दुरुपयोग नहोस त्यसमा हामी सर्तक छौँ । चेकजाँचको क्रममा पनि हेरिरहेको हुन्छु बताए । ‘तरकारी ओर्साने कार्य कुन ट्रकले गरेको नम्बर थाहा पाएपछि हामीले तत्काल कारबाही गर्छु,’ उनले बताए ।
प्रेस गाडीको व्यापक दूरुपयोग भयो भनेर नेपाल पत्रकार महासंघ धनुषाले जिल्ला प्रहरी कार्यालय धनुषा र ट्राफिक प्रहरीलाई केही महिना अगाडी औपचारिक रुपमै जानकारी पनि गराएको थियो । महासंघका अध्यक्ष मनिका झाले प्रहरीले जुन रुपमा अनुगमन गर्नुपर्ने हो त्यो नगरेकाले प्रेस गाडीको दुरुपयोग भइरहेको बताइन । अध्यक्षमा चुनाब जीतेपछि पटक–पटक यो मुद्दालाई लिएर उनले प्रहरीसँग भेटेको थिइन् । ‘फ्रि मिडिया नेटवर्कको बैडकमा पनि उठाए । शुरुमा केही दिन कडाई पनि गरिएको थियो तर निरन्तरता नदिएका कारण पनि समस्या कायमै रहेको,’ उनले बताइन् ।
प्रहरी निरिक्षक ओलीले अब प्रेस लेखिएको गाडीमा समेत चेकजाँच बढाउने बताएका छन् ।