Breaking 
सप्तरीमा करेन्ट लागेर एक किसानको मृत्यु | सर्लाहीको बलरामा चक्कु प्रहारको घटना, ३ जना घाइते | मोडेल कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट पायो बीआइटी सञ्चालनका लागि सम्बन्धन | आणविक बमकेँ दंश झेलएबला एक मात्र देश ‘जापान’ | बंगलादेशको अन्तरिम सरकारद्वारा फेब्रुअरी २०२६मा राष्ट्रिय चुनाव गर्ने घोषणा | बिहिबार सुनको मूल्य स्थिर | सिन्धुलीमा युवकको मिर्गौला निकालिएको घटनामा एकजना पक्राउ | धनुषाको दुहवीमा सशस्त्र प्रहरी र तस्करबीच झडप, चार राउन्ड हवाई फायर | भारतीय विदेश सचिव भदौ १ मा काठमाडौं आउँदै | घानामा सैन्य हेलिकप्टर दुर्घटना हुँदा २ मन्त्रीसहित ८ जनाको मृत्यु |

सप्तरीमा ट्यांकर र मोटरसाइकल ठोक्किदा दुईको मृत्यु





जनकपुरधाम ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकामा डिजेल बोकेको ट्यांकर र मोटरसाइकल ठोक्किदा दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकलमा चालक सुनसरीको हरिनगरा गाउँपालिका–३ निवासी ४१ वर्षीय महेश कुमार मेहता र पछाडि सवार ४२ वर्षीय जयप्रकाश मेहता छन् ।
महेशको घटनास्थलमै र जयप्रकाशको उपचारको क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुंडीराज न्यौपानेले जानकारी दिए ।
डिएसपी न्यौपानेका अनुसार आज दिउँसो कन्चनपुरबाट भारदहतर्फ जाँदै गरेको डिजेल लोड गरेको को १ ख ७४१४ नम्बरको ट्यांकर र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल कञ्चनरुप नगरपालिका–१० स्थित आपसमा ठोक्किँदा दुर्घटना भएको हो ।
ट्यांकर चालक सिरहा जिल्ला कर्जना नगरपालिका–३ निवासी ३२ वर्षीय मिथलेश यादव पनि घाइते भएका छन् । अहिले ठेलियास्थित धर्मेश्वर अस्पतालमा उपचाररत रहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि ईलाका प्रहरी कार्यालय कन्चनपुर, सप्तरीले मोटरसाइकल र ट्यांकरलाई नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ ।